पथरीशनिश्चरे नगरमा सडक निर्माण सुरु

माघ २३ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे– ३, स्थित सुवेदी चोकपूर्वबाट दक्षिणतर्फ पिपलचोक जोड्ने सडकको स्तरोन्नती कार्य बुधबारबाट सुरु भएको छ ।

३२ फुट चौडाई र १ किलोमिटर ८ सय मिटर लम्वाईको सडकको स्तरोन्नती कार्यको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरेका छन् ।

नगरपालिका कोषको ५ लाख ४६ हजार ५ सय ५०, उपभोक्ताको ९० हजार, ६ हजार ४ सय ५० को जनश्रमदान गरी कुल ६ लाख ६३ हजार रुपैयाँको लागतमा सडक फराकिलो बनाउँदै ग्राभेलिङ गरिने उपभोक्ता समितिले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *