वैदेशिक रोजगारको आर्थिक र सामाजीक प्रभाव

चन्द्र सिंह अदै, विश्लेषक
विश्व भुमण्डलीकरणको प्रभावसंगै मानिसहरु एक देशबाट अर्को देशमा, एक कुनाबाट अर्को कुनामा पुग्न कुनै कठिन विषय रहेन । अहिले विश्वलाई मानिसहरुले एउटा गाउँको रुपमा विश्लेषण गरिरहँदा विश्वका अति विकसित, विकाससिल र विकासोन्मुख मुलुकहरु समेत यसको प्रभावबाट अछुतो छैनन् । मानवीय स्वभाव नै भन्नु पर्छ, मानिसहरु आर्थिक रुपमा आफुलाइ समृद्ध बनाउन बिश्वका जुनसुकै मुलुकहरुमा आफ्नो सहभगिता जनाउन पछि पर्दैनन् । अमेरिका, बेलायत, अष्ट्रेलिया तथा युरोपियन मुलुक जस्ता विकसित देशहरुबाट समेत रोजगारीको लागि विकासोन्मुख देशहरुमा पनि प्रवासी कामदारका रुपमा जाने गरेका छन् । विश्व बजारमा वार्षिक रुपमा उत्पादन भएको युवा जनशक्तिहरु आफ्नो ईच्छा र क्षमता सीप बमोजिम रोजगारीको खोजीमा निस्कने गर्दछन् । यसरी उत्पादन भएका युवाहरु चुनौती रहेता पनि उज्वल भविश्यको खोजी गर्दै आफ्नो देशबाट वाहिरिने क्रममा बिश्वका जुनसुकै स्थानमा स्थानान्तरण हुन सक्छन् ।

आज विश्व प्रतिस्पर्धाको युगमा होमिएको छ । यो परिस्थितीसंग हामी पनि सहभागी छौं । तर देशमा प्राप्त शैक्षिक अवसरले बिश्व श्रम बजारमा रहेको माग अनुसार प्रतिस्पर्धामा हामीले जित्न सकेका छैनौं । दिनानुदिन प्रतिस्पर्धा एक नेपाली अर्को नेपालीसंग भन्दा पनि बिश्व बजारमा रहेको युवा जनशक्तिहरुसंग गर्नु परिरहेको छ । यसले युवाहरुलाई प्रतिस्पर्धी बनाएको त छ नै त्यसमा पनि प्राबिधिक र सिपमुलक कामहरुमा अझै जागरुक बनाएको छ । यो सकारात्मक पक्ष हो ।

आफ्ना सन्ततीहरुलाई समयानुकुल प्रतिस्पर्धी बनाउँदै लैजाने सबै अभिभावकहरुको चाहना हुँदा हुँदै पनि कतिपय अवस्थामा देशमा उपलब्ध शैक्षिक कार्यक्रम पाठ्यक्रममा पर्याप्त नहुन सक्छ । देशमा उपलब्ध शैक्षिक कार्यक्रमहरु सवल नभएको कारणले देशबाट धेरै युवाहरु अध्ययनको लागि बिदेशिने गरेका छन् । यसबाट वार्षिक करोडौं रकम बाहिरिने गरेको छ । यो प्रकृया रोक्ने उपाय भनेको देशमा सुबिधायुक्त प्रकृतीको प्राबिधिक शिक्षालयहरु स्थापना गर्ने र गुणस्तरिय शिक्षाको व्यवस्था गर्ने नै हो । यो कदम निजी क्षेत्रले भन्दा पनि नेपाल सरकारको सम्बन्धित मन्त्रालयले बिस्तृत कार्य योजना बनाई शिक्षाणहवको रुपमा अगाडी बढाउनु पर्छ ।

नेपालको सन्दर्भमा वैदेशिक रोजगारलाई बिश्लेषण गर्ने हो भने शुरुका समय राम्रो र व्यवस्थित थियो । उक्त समयमा आर्थिक उपलब्धी पनि थियो तर जव प्रतिस्पर्धा बढ्दै गयो र नेपाली युवा जनशक्तिहरुको चाप वैदेशिक रोजगारमा अत्यधिक रुपमा बढ्न थाल्यो त्यस पश्चात यस क्षेत्रमा बिकृती बिसंगतिहरु फैलिन साथै नकारात्मक प्रभाव पर्न थाल्यो ।

पछिल्लो समयमा वैदेशिक रोजगार नेपालीहरुले प्रतिष्ठाको बिषयसंग जोडिन पुगेको छ । पाहाडी भेगका अधिकांस गाउँ घरबाट वैदेशिक रोजगारमा सम्लग्न नभएको घरपरिवार छैनन् होलान् । तर हाम्रो बिडम्बना के भयो भने नेपाली युवाहरु केही काम गर्न नसक्ने भए पछि वैदेशिक रोजगारमा सम्लग्न हुने प्रचलन बढ्यो । अव भनौं हाम्रो सोच कहाँनेर चुकेको छ । बिश्व बजार प्रतिष्पर्धामा छ हामी सबै भन्दा कमजोर युवा शक्ति बिश्व श्रम बजारमा पठाउँदै छौं । यसबाट के परिणाम आउँछ । पक्कै पनि उसले भने जस्तो काम र तलव पाउँदैन मनोबैज्ञानिक रुपमा आर्थिक भारले निरास छन् । मेरो बिश्लेषणमा भन्ने हो भने वैदेशिक रोजगारमा सहभागी नेपालीहरुको अवस्थालाई नियाल्दा नेपालीहरु फाईदामा छन् । जुन रुपमा हामीले आर्थिक, सामाजीक, भौतिक चुनौतीहरु भोग्नु पर्ने हो त्यो भन्दा कम भोगेका छौं ।

नेपालमा वार्षिक ५ लाख भन्दा बढी युवाहरु श्रम बजारमा उत्पादन भई स्वदेश तथा बिदेशमा खपत भईरहेका छन् । यी मध्ये अधिकांस युवा जनशक्ती अदक्ष नै हुन् । यस्तो भयानक परिस्थीतीमा राज्यले सम्पुर्ण जनशक्तीलाई स्वदेश मै रोजगारीको अवसर प्रदान गर्नु पनि चुनौतीको बिषय नै हो । किनकी हाम्रो देश अहिले उत्पादनको क्षेत्रमा भन्दा उपभोग्य वस्तुहरुको खपतमा व्यस्त छ । यसले अन्तत हामीलाई केही फाईदा गर्दैन । खाडीका मुलुकहरुमा ५५ डिग्रिको घाममा काम गरेर घर पठाएको पैसा अन्तत तेस्रो मुलुकमै जाने हो । यसकारण नेपाल सरकारले निज कामदारहरुको बिप्रेषण रकमलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण सृजाना गरि नियमित आम्दानीको नितिगत रुपमा वातावरण बर्नादिनु पर्छ । नेपालीहरुको लागि वैदेशिक रोजगार बाध्यता संगसंगै फेसन र थिती बनेको छ । यस्तो परिस्थितीमा नेपाल सरकारले यो व्यवसायलाई पनि व्यवस्थीत गर्नुको साटो आफैं अनबिज्ञता देखाउँदै यो भयो, त्यो भयो भनेर प्रचारमा दैनिकी बिताई रहेकोछ, योे समाधान होईन ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजीक सूरक्षा मन्त्रालय भनेको रोजगार क्षेत्रको अभिभावक निकाय हो । यसमा मेनपावरले ठग्यो, कामदार ठगिए, खत्तम भयो, धरौटी बढाएर कामदारको सुरक्षा गर्नु पर्छ भन्ने जस्ता अनावश्यक बिषय उठान गरेर सस्तो लोकप्रियता कमाउने खेलमा लाग्नु भनेको आफैंमा बुझाईमा कमजोरी बिषय हो । किन भने एउटा घरको मुलीले मेरा घरका सदस्या यस्ता र उस्ता भनेर सडकमा, चौतारोमा फलाक्नु भनेको उक्त अभिभावकको क्षमता माथि प्रश्न चिन्ह खडा हुनु हो । तसर्थ मैले उठान गर्न खोजेको बिषय केहो भने नेपाल सरकार श्रम रोजगार तथा सामाजीक सूरक्षा मन्त्रालय र यस अन्तरगतका बिभाग र कार्यालयहरुमा बिधिवत रुपमा पंजिकरण भएका मेनपावर कम्पनीहरुको आफंैले अनुगमन÷नियमन गर्न नसक्ने, यिनको अवस्था कस्तो छ ? कुन मेनपावर कम्पनीले राम्रो काम गरेको छ, कुनले खराव काम गरेको छ, को सही, को गलत जस्ता बिषयहरु सतही रुपमा हेरेर मेनपावरलाई गाली गर्दैमा, यससंग सम्बन्धीत मन्त्रालय, बिभाग र कार्यालय र उक्त निकायहरुमा सम्मिलित व्यक्तिहरु चाही सही छन् भन्ने हुँदैन जस्तो लाग्छ । यस भित्र धेरै पात्रहरु समावेश भएका हुन्छन् यो हेक्का राख्नु पर्छ ।

समस्या नभएको क्षेत्र कुनै छैन होला । ति बिषयहरुलाई सरल र सहज रुपमा समाधान गर्ने सबै भन्दा उपल्लो निकाय नेपाल सरकार नै हो । तर हाम्रो सरोकार भनेको के मात्र हो भने समस्या समाधानको लागि मात्र नभएर उक्त क्षेत्रमा रहेका बिकृती बिसंगतीहरुलाई दीर्घकालिन रुपमा नै समाधान गर्नु पर्छ । कुनै पनि क्षेत्रमा सुधारका बिषयहरु उठान गर्दा केही समस्याहरु सृजना हुन्छन् नै तर ती बिषयहरुलाई क्रमिक रुपमा सुधार गर्दै जाने हो भने बिस्तारै सकारात्मक परिणाम आउँछ र थिती र परिस्थिती राम्रो बन्छ ।

वैदेशिक रोजगार व्यवसायी कम्पनीहरु नेपाल सरकारका निकायहरुमा दर्ता भई संचालकहरुको पुर्ण बिबरण पेश गरि नेपाली नागरिकहरुले नै संचालन गरेको हुँदा अन्य व्यवसाय जस्तै यो व्यवसाय पनि एउटा व्यावसाय हो । वैदेशिक रोजगार व्यवसायीहरुले आफ्नो व्यक्तिगत लगानीमा बजार प्रबद्र्धन गरि नेपालीहरुका लागि रोजगार अवसर ल्याउने गरेका छन् । मेनपावर क्षेत्रको बिकृती बिसंगतिको निराकरण गर्ने बाहानामा यस क्षेत्रलाई तहसनहस गर्ने कार्य कोही कसैले गर्नु रोम्रो होईन किन भने यससंग धेरै जनताको दैनिकीसंग जोडिएका छन् ।

यस क्षेत्रमा पनि बिसंगती नरहेको होईन । यसो भन्दैमा वैदेशिक रोजगार क्षेत्रले देश र जनतालाई राम्रो गरेन भनेर चित्रण गर्नु पनि न्यायसंगत नहोला । यो व्यवसायले पनि राज्यलाई आर्थिक रुपमा धेरै सहयोग गरेको छ र कुल गाह«स्थ उत्पादनमा झन्डै ३० प्रतिशत वैदेशिक रोजगार व्यावसायको योगदान छ । निश्चित रुपमा यस व्यवसायले पनि देश र जनतालाई आर्थिक रुपमा केही न केही योगदान गरेको छ । यस कारण पनि वैदेशिक रोजगार क्षेत्रलाई नकारात्मक दृष्टिले मात्र हेरियो भने त्यो पनि सबै सही नहुन सक्छ ।

वैदेशिक रोजगारको बिषयमा संचार माध्यमहरुमा आएका समाचारहरु सकारात्मक भन्दा नकारात्मक बढी छन् । यसैलाई आम मानिसको बुझाई हो भनेर बुझ्नु पनि गलत हो । वैदेशिक रोजगारको बिषयमा गलत समाचार फैलाँदा पनि किन त नेपालीहरु त्यही वैदेशिक रोजगार भनेर मरिहत्ते गरेर लागेका छन् ? किन त दैनिक १६०० युवाहरु देशबाट बाहिरिने गरेका छन् ?

जसले यो व्यवसायको बढी बिरोध र गलत प्रचार गर्छन निजहरुले नै सबै भन्दा बढी वैदेशिक रोजगारको लागि गलत प्रक्रिया अपनाउने गर्दछन् र बिकृती बिसंगति फैलाउनेहरु पनि उनिहरु नै हुन । यसबाट हामीले बुझ्नु पर्ने कुरा भनेको कतै यो व्यवसायलाई आफु अनुकुल स्वार्थमा पार्ने योजना अनुरुप त्यस्ता मानिसहरु संचालित त छैनन् ?

देशका ५५,८०००० घर मध्ये करिव ५८% घरधुरीका मानिसहरु अहिले वैदेशिक रोजगारबाट बिप्रेषणको सहायताले जिविको पार्जन गरिरहेका छन्, चाहे त्यो बिकसित मुलुकमा गएका नेपाली हुन, चाहे नेपाल सरकारले पठाएका मुलुकका नेपाली हुन वा खाडीका मुलुकमा मेनपावर मार्फत गएका नेपाली हुन ति सबैको कथा एउटै छ । लामो समय आन्तरिक द्धन्दको कारणले देशमा भएका रोजगारीको अवसर गुमेको अवस्थामा वैदेशिक रोजगारलाई वैकल्पिक रोजगारीको रुपमा लिएका नेपालीहरुको अहिलेको यथार्थ भनेको वैदेशिक रोजगारीमा नै प्रमुख रुपमा निर्भर रहनु पर्ने वाध्यता हो । यदी नेपाली जनताले वैदेशिक रोजगारलाई पहिलो रोजगारको रुपमा लिने प्रचलन भयो भने त्यो राज्यको लागि राम्रो हौईन ।

वैदेशिक रोजगारीमा सम्लग्न भईसकेका मानिसहरुलाई नेपाल मै केही गरौं भन्ने सोच र चाहनाहरु हुँदा पनि वाध्यताले पुनः वैदेशिक रोजगारीमा सम्लग्न हुनु पर्ने अवस्था छ । नेपालको राजनितिक अवस्था, लगानीको वातावरण, भौगोलिक अवस्था तथा अन्य वातावरणिय प्रभावले गर्दा चुनौती मात्र देखेका नेपाली युवाहरु पुनः वैदेशिक रोजगारीलाई नै आफ्नो भाग्य सम्झने परिस्थीती सृजना भईरहेको छ ।

यसरी हेर्दा वैदेशिक रोजगार र यसका प्रमुख हिस्सेदार मेनपावर कम्पनीलाई जतिसुकै नकारसात्म दुटिकोणले व्याख्या बिश्लेषण गरियता पनि यसको वस्तविकता भने सामान्य तरिकाले बिश्लेषण गरे भन्दा फरक छ । यो व्यवसाय र नेपाली समाजको सम्बन्ध गाढा रहेको छ । नेपाली समाजको वास्तविकतालाई नियालेर हेर्ने हो भने वैदेशिक रोजगारीकोे सकारात्मक र नकारात्मक दुवै पाटाहरु छन् । वास्तविकता भन्दा फरक र सामाजीक रुपमा रहेको वास्तविकतालाई कुनै बिश्लेषण नै नगरी हचुवाको भरमा यो क्षेत्रको बद्नाम गर्नु खोज्नु पनि घातक होला की ?

अहिलेको नेपाली समाजको वास्तविकता भनेको नेपाल मै बसेर केही गर्छु भन्ने युवाहरुलाई समाजले नै उल्लु बनाउँदैछ । नेपालमा केही हुँदैन, बिदेश भनेको बिदेश हो, नेपालमा बस्ने युवाहरु क्षमता नभएकाहरु हुन, हिम्मत गर्नु पर्छ जस्ता वाक्यांसले बाध्य भएर नेपालीहरु युवाहरु बिदेशिनु पर्ने अवस्था छ । गाउँ घरमा पनि वैदेशिक रोजगारीमा जाने भने पछि ऋण दिने सहयोग गर्ने संस्कारको विकास भएको छ । बाख्रा पालन गर्छु, कुख्रा पालन गर्छु भन्यो भने कसैले २ पैसा सापटी समेत दिँदैनन् । यस कारण यहाँ उठान गर्न खोजिएको बिषय के हो भने । वैदेशिक रोजगारीको सकारात्मक पाटोलाई कहिले सम्म नजर अन्दाज गर्ने हो । नेपाली संचार माध्यमहरु र कामदारका अधिकारका नाममा गलत बिबरणहरु पेश गरि समाजलाई दिग्भ्रमित गर्ने र यथार्थ कहिलेबाट आउने हो ? वैदेशिक रोजगारमा पनि धेरै सफलताका कथाहरु छन् । एउटा सामान्य कामदारको रुपमा वैदेशिक रोजगारमा सम्लग्न भएको व्यक्ति सोही मुलुकमा आफुलाई प्राप्त अवसरलाई सदुपयोग गर्दै सोही कम्पनीमा उच्च स्तरको पद सम्म समाल्न सफल भएका छन् । यस्ता कथाले कहिले सहज स्थान पाउँछ ।

नेपालमा हँु्दा सामान्य रुपमा घर परिवार संचालन गर्न सक्ने व्यक्ति आज परिवारका सदस्यहरुलाई सुबिधा प्रदान गर्न सक्षम भएका छन् । वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणको प्रयोगको बिषयमा भने नेपाल सरकारले नितिगत व्यवस्थामा धेरै नै परिमार्जन गर्नु पर्ने छ । अहिले हाम्रो समाजको विकासक्रम फरक तरिकाले भएको छ । हातमा पैसा भए पछि शारिरिक श्रम गर्नु हुँदैन सबै तयारी समानहरु किनेर नै चलाउनु पर्छ, तयारी र राम्रो प्याकिङ भएको सामान सबै भन्दा राम्रो हो, भन्ने बिषयले बढावा पाएको छ । यसको निराकरण गर्न नेपाल सरकारले नै नितिगत योजना तर्जुमा गर्नुपर्छ । आज हातमा २÷४ लाख नभएका नेपालीहरु कमै होलान् । श्रीमान् वा घरका कोही सदस्य वैदेशिक रोजगारीमा रहेको अवस्थामा सबैको मुहार उज्यालो भएको हुन्छ तर बिडम्बना उक्त रकम बचत र उत्पादन मुलुक क्षेत्रमा भने लगानी भएको छैन । आम्दानीको श्रोत घटे पछि सोही रकमलाई दैनिक उपभोग्य सामग्री खरिद गर्ने र जिविको पार्जन गर्ने जस्ता कार्यमा खर्चने व्यवहारले पछि आफैं समस्या सृजना भएको छ ।

यसको अलावा वैदेशिक रोजगार र नेपाली समाजको आर्थिक सामाजीक पाटोलाई हेर्ने हो भने धेरै महत्वपुर्ण कामहरु भएका छन् । एउटा सामान्य घरपरिवारको व्यक्तिले आफु वैदेशिक रोजगारीमा सम्लग्न भए पछि खरको छाना बिस्तपित गरि जस्ताको छानाले घर छाएकोछ । आफ्नो आमा, बुवा, श्रीमति र सन्तानहरुलाई समय समयमा लत्ता कपडा फेरिदिन सकेकोछ । गाउँको सामान्य बिद्यालयमा आफ्नो सन्तान पढाउन नसक्ने मानिसले आफ्नो घर नजिक रहेको बजारको निजी बिद्यालयमा बालबच्चालाई शिक्षा दिन सकेको छ । स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेका अभिभावकहरुको स्वास्थ्य उपचारमा सहयोग पुगेको छ । यावत बिषयहरुको पहुँच वैदेशिक रोजगारी कै योदान होईन र ?

यतिमात्र हैन पछिल्लो समयमा त नेपाली युवाहरुले आफु वैदेशिक रोजगारीमा रहँदा प्राप्त गरेको ज्ञान सिप र कलालाई स्वदेशमा फर्केपछि साना लगानीमा आत्मनिर्भर हुने काममा व्यस्त देखिन्छन् । उदाहरणको लागि ईजरायलबाट फर्केका नेपालीहरु तरकारी खेतीमा बढी संलग्न छन् । त्यस्तै कोरियाबाट स्वदेश फर्केका नेपालीहरु पशुपालनमा व्यस्त छन् । होटललाईनमा काम गरेर फर्केका नेपालीहरु सोही क्षेत्रमा सम्लग्न भएका छन् । यी बिषयहरुलाई हेर्दा वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषण मात्र हैन उक्त मुुलुकहरुमा कार्यरत नेपालीहरुले प्राप्त गरेका ज्ञान, सिप र क्षमता पनि हाम्रो नेपाली समाजको सम्पती हो । यसलाई हामीले सकारात्मक रुपमा हेर्नु पर्छ ।

वैदेशिक रोजगारको प्रभाव गाउँ, शहर जुनसुकै स्थानमा देखिएको छ । बिडम्बना के रह्यो भने नेपाली समाजमा सकारात्मक बिषयहरुलाई कहिले पनि स्थान दिईएन । वैदेशिक रोजगारमा सम्लग्न मानिसहरु र यो क्षेत्रमा सम्लग्न मानिसहरुको योगदानलाई कहिल्यै पनि सुक्ष्म र सहज नितिगत रुपमा हेरिएन । आत्मा केन्द्रित बिषयहरुलाई मात्र बढावा दिने र यथार्थलाई टाढा गरियो ।

नेपालको अर्थतन्त्रसंग वैदेशिक रोजगारको के सम्बन्ध छ ? भन्ने बिषय त नेपाल सरकारले मलेसिया मुलुकमा ३ महिना रोजगारीमा जान रोक लगाउँदा नै स्पष्ट हुन्छ । यसको लागि नेपाल सरकारले धेरै हैन २ महिनाको लागि सबै मुलुकमा वैदेशिक रोजगारीमा जान रोक लगाएर हेर्ने हो भने प्रष्ट थाहा हून्छ ।

बिबरणका ठेलि उतारेर मात्र समस्याका समाधान हुँदैनन् । समस्या समाधान भनेका बिषयहरु साना तिना उदाहरणहरुबाट पनि प्रष्ट्याउन सकिन्छ र समाधान गर्न सकिन्छ । यसर्थ यो लेखमा मैले उठान गर्न खोजेको बिषय के हो भने नेपाली जनजीवनको वास्तविकतालाई चटक्कै भुलेर ठुला र परिवर्तकारी कुरा गरेर मात्र परिवर्तन हुने हैन । सबै भन्दा पहिले वैदेशिक रोजगारमा गएर नेपाल फर्केका नेपालीहरुलाई स्वदेशमा नै निजहरुको क्षमताको आधारमा काम दिने र आत्मनिर्भर बनाउने तर्फ नेपाल सरकार कति चनाखो छ त ? वेदेशिक रोजगारको बिकल्पको रुपमा नेपाल सरकारले वार्षिक ५÷६ लाख युवाहरुलाई रोजगारको अवसर प्रदान गर्न के कस्ता योजना बनाएको छ ? उक्त कार्य योजनाले नेपाली युवाका बेरोजगारी समस्या समाधानमा कत्तिको सहयोगी बन्ला ? यावत बिषयहरुको व्यापक गृहकार्य गर्न जरुरी छ की छैन ? र आफुले निर्माण गरेका नितिहरु ज्नताले व्यवहारिक रुपमा स्वीकार गरे की गरेनन् हेर्न जरुरी छ ।

अन्त्यमा मेरो बुझाई के हो भने, नेपालमा वैदेशिक रोजगारको संस्कार बसेको छ । यसबाट वैदेशिक रोजगारमा सहभागी व्यक्तिहरुको घरपरिवारले सुबिधा उपभोग गरिरहेका छन् । नेपाली समाजमा वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषण कै कारण धेरै मानिसहरुको जीवन स्तर सुधारिएको छ । समाजमा आत्मा निर्भर छन् । अहिलेको अवस्थामा नेपालीहरुको आर्थिक पक्ष सिधा वैदशिक रोजगारसंग सम्बन्धीत छ । यसकारण यो बिषयलाई नजर अन्दाज गर्न मिल्दैन बरु यो क्षेत्रमा सुधार ल्याई सुरक्षित वैदेशिक रोजगारको सहज अवतरण बिकल्पका लागि नेपाल सरकारले उचित कदम चाल्न जरुरी छ । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *