अबैध गोलिया काठ सहित झापा र मोरङका ८ जना तस्कर पक्राउ

माघ २३ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरबाट साखुवाको अवैध गोलिया काठ सहित मोरङ र झापाका ८ जना तस्करहरुलाई पथरीले पक्राउ गरेका छन् ।

मंगलबार राति १२ बजे वडा नम्वर २ को शान्ति चौकबाट को १ च ९३१८ नम्वरको पिक अफ भेनमा लोड गरेर दक्षिण तर्फ लार्दै गरेको अवस्थामा ५४ किबी ३ थान गोलिया काठ पक्राउ गरेको हो ।

पिक अफ भेन,काठ सहित प्रहरीले भेन चालक झापाको दकम नपा–२, बस्ने ४८ बर्षिय वुद्घिमान राई, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्वर ५ वस्ने ३२ बर्षिय बल वहादुर राई,२६बर्षिय बालकृष्ण भट्टराई,२० बर्षिय जनम राई, २४ बर्षिय संन्दिप राई,३१बर्षिय शेर वहादुर राई,२५बर्षिय जनक राई, ३३ बर्षिय श्रवण राईलाई प्रकाउ गरेको छ ।

प्रहरीले टोलीले प्रक्राउ परेको पिकअफ भेनबाट रुख कट्न प्रयोग गरिने ३ वटा हातले तान्ने आरा,४ थान लक्डी उठाउन प्रयोग गरिने काठको गल, १ थान फलामको झम्फल ,४ थान खुकुरी, १० थान मोवाईल फोन र आरामा प्रयोग गरिने ६ थान रेति समेत बरामद गरेको इलाका प्रहरी कार्याल पथरीका इस्पेक्टर कमल बंजगाईले बताए ।

तस्करहरुले कानेपोखरीको उत्तर जंगलमा मंगलबार राती ८ बजे पसेर कटान गरी ११ बजे सबै सकेर सोही पूर्वपश्चिम राजमार्गको सडक प्रयोग गरी पथरीबजार पुगे पछि दक्षिण लागेको प्रहरीको बयानमा बताएका छन् । आजै काठ,पिकअफ भेन,खुकुरी लगाएतका सामान वनलाई बुझाई सकेको प्रहरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *