नेपथ्य लाइभ कन्सर्ट दुबाई बाट संकलित मुनाफा गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेट रगंशाला निर्माणस्थल सहयोग गर्ने

रमेश खड्का काशी- दुबाई/ आगामी मार्च १५ तारिक युएईको दुबईमा आयोजना हुने नेपथ्य लाईफ कन्सटबाट संकलन भएकों मुनाफा धुर्मुससुन्तली फाउण्डेशनले  चितवनमा  निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेट रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको  छ ।

लोकरक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष पुरा गरेको  अबसरमा सांगीतक यात्राको लागि देश बाहिर दुबई आउन लागेको हो । नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम दुबईको करामा स्थित अलनासर लेजरल्याण्ड क्लबमा हुने भएको छ । ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई आउने आयोजक मोहनसिंग लिम्बुले बताए ।

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ, लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको  नेपथ्य दोश्रो पटक दुबई आउन लागेको हो ।

प्रवासमा रहेका  नेपालीहरुमाझ नेपाली कला,साहित्य र संस्कृतिलाई प्रबर्धन गर्दै साङ्गितिक मनोरञ्जनको लागि नेपथ्य दुबई आउन लागेको हो । उक्त लाइभ कन्सर्टको आयोजना  युएईमा रहेका रमेश ढकाल, मोहनसिंग लिम्बु , सुजन  रजक  र हरि भुजेलले आयोजन गरेका हुन ।

सांगीतिक समुह नेपथ्यले यसअघि दुबईमा नेपालमा विनासकारी महाभुकम्पबाट पिडितहरुको लागि सहयोगार्थ कार्यक्रम सफल रुपमा सम्पन्न  गरिसकेको छ । यस पटक पनि  २०१९ मार्च १५ तारिक हुने कार्यक्रमबाट संकलित मुनाफा भएको रकमको २० प्रतिशत रकम   गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थलको लागी सहयोग गर्ने आयोजक बताएका छन  ।

नेपथ्य ब्याण्ड लोक, रक र पप गीतको फ्युजने मनोरन्जन प्रदान गर्दै  सामाजिक सेवामा समेत अग्रसर रहदै आएको छ । यो ब्याण्ड  विश्व चर्चित सांगीतिक मञ्च वेम्बलीमा समेत सांगीतिक प्रस्तुति गरिसको एक मात्र सांगीतिक समुह हो।

नेपथ्य ब्याण्डले हालसम्म नेपथ्य, हिमाल चुचुरे, मीन पचासमा, रेशम, भेडाको ऊनजस्तो, घटना, मेरो देश, ऐनाझ्याल लगाएतका एल्बम ल्याइसकेको छ । ऐतिहासिक ब्याण्ड नेपथ्यको  लाइभ प्रस्तुतिमा हुने नेपथ्य लाइव कन्सट कार्यक्रमलाई भंब्य र सफल बनाउनको लागि आयोजकले त्यस दिन युएईमा  कुनै पनि कार्यक्रम गरि नजुधाई दिनुहुन आयोजक रमेश ढकालले अनुरोध गरेका छन ।

नेपथ्य लाईफ कन्सट दुबईका आयोजकले  कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन युएईमा कृयासिल सम्पूर्ण सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी,ब्यबसायी तथा पत्रकारहरु सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *