नगरको संञ्चार कार्यविधि संशोधन गर्न माग

माघ १८ गते,पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिले जारी गरेको ‘सूचना तथा सञ्चार कार्यविधि—२०७५’व्यवहारिक नभएको भन्दै सो क्षेत्रमा कार्यरत पत्रकारहरुले संशोधनको माग गरेका छन् ।

पत्रकारहरुको भेलाको बैठकले कार्यविधि संशोधन गरेर व्यवहारिक बनाउन माग गरेको हो । उपस्थीत पत्रकारहरुले नगरपालिकाले पत्रकारहरुसँग पर्याप्त छलफल नै नगरी संचार कार्र्यविधि पारित गरेको भन्दै गुनासो गरेका थिए । बैठकमा यस बारेमा नगरपालिकालाई बुँदागत रुपमा सुझाव दिने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, महासंघका पूर्व मोरङ जिल्ला सहसचिव मोहन भट्टराई,ब्लाष्ट टाइम्स दैनिकका दिनेश सुब्बा,साइनो खबर अनलाइनका फिपराज बेघा, एभिन्युज टेलिभिजनका समारचारदाता गोपाल काफ्ले, रिदम एफ.एम.का सञ्चालक कुमार खड्का, सिम्रिक एफ.एम.का विवेक न्यौपाने, टिभि नेपाली अनलाइनका मात्रिका पौडेल, पथरी एफ.एम.का भीमराज अधिकारी, अनमोलमणी साप्ताहिकका भूमि पाठक लगायत पत्रकारहरुको बैठकले सो निर्णय गरेको हो ।

पर्याप्त छलफल नगरी जारी भएको कार्र्यविधि मार्फत मिडिया हाउसको क्षमता, स्तरीयताको मापदण्डको ख्याल नगरी अनुदान वितरण गर्न लाग्दा संशोधन गरेर मात्र रकम वितरण गर्न सुझाव पेश गर्ने निर्णय भएको हो । पथरीमा तीन वडा एफ.एफ.रेडियो, पाँच वटा साप्ताहिक पत्रिका र एउटा दर्ता भएको अनलाइन मिडिया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *