पथरीको सुनाखारी युवा क्लबद्रारा हिसाव सार्जजनिक

माघ १७ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका —१, सुनाखरी चौकमा स्थापीत सुनाखरी युवा क्लबले फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक गरेको छ ।

बिहिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गत अशोजमा आयोजना गरेको प्रथम पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक गरेको हो । अशोज २२ देखि २९ गतेसम्म भएको फुटवल प्रतियोगितामा १६ हजार ४ सय नाफा गरेको छ । प्रतियोगिता सम्पन्न गर्दा ६ लाख ११ हाजर १ सय ५ रुपैया खर्च भएको कोषाध्यक्ष जोन सुब्बाले बताए ।

प्रतियोगिताको लागि नगद ६ लाख २७ हजार ५०६ रुपैया आर्थिक संकलन भएको खेल संयोजक विश्व राईले बताए । प्रतियोगिताको लागि कबोल भएको १ लाख ५० हजार रकम उठ्न बाँकी रहेको क्लवका अध्यक्ष मिलन राईले बताए ।

नगर खेलकुद विकास समितिका संयोजक मनि लिम्बूको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ११, द्धितीय हुनेलाई ३१ हजार १ सय ११ रुपैंया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *