पथरी स्वास्थ चौकीमा ल्याव सेवाको उद्घाटन्

माघ १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको वडा नम्वर –२, मा रहेको स्वास्थ्य चौकीमा बिहिबार देखि ल्याव सेवा सुरु भएको छ ।

नगरपालिका प्रमुख दिलिपकुमार राईले ल्याव सेवाको उद्घाटन् गरेका थिए । उनले रिवन काटेर र आफ्नो रगत जाँच गराएर ल्यावको उद्घाटन् गरेको हो । अतिथि तथा सहभागिलाई पनि निःशुल्क रुपमा रगत जाँच गरिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए ।

सो अवसरमा, समाजसेवी मोहन तुम्वापो सहितले ल्याव सेवा सञ्चालनले वडावासीमा राहत मिलेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *