कानेपोखरी धिमाल जातीय विकस समिति गठन

माघ १७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका धिमाल जातीय विकास समिति गठन भएको छ । तीन बर्षे कार्यकालको लागी प्रकास धिमालको अध्यक्षतामा १३ सदस्य कार्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा चन्द्रिदेवी धिमाल, सचिवमा अनिता धिमाल,सहसचिवमा आनान्द धिमाल र कोषाअध्यक्षमा सीता धिमाल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुकदेव, सूर्य बहादुर धिमाल, भिमबहादुर धिमाल, प्रमिला धिमाल, रुपा धिमाल, गोपाल धिमाल र तीलबहादुर धिमाल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *