शहीद दिवशमा अखिलको दिप प्रज्वलन

माघ १६ गते, पथरी । पथरी बहुमुखी क्याम्पसका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले शहीद दिवसको अवसरमा दिप प्रज्वलन गरेका छन् ।

दुई संगठनको संयुक्त आयोजनामा शहीदप्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै क्याम्पसको प्रवेशद्धारमा दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नेकपाका मोहन तुम्वापो, क्याम्पसका सहायक प्रमुख शान्तिराम तिम्सिना, अखिलका विवेक न्यौपाने र मुकेश राईले शहीदको त्याग र बलिदानलाई मुलुकको समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *