जनसेवामा फुटबल खेल सुरु, शिक्षा विकास र पिनाकल ज्ञान मन्दिर विजयी

माघ १३ गते, कानेपोखरी । मोरङको कानेपोखरी –६, मा स्थापीत जनसेवा माध्यामिक विद्यालयमा हुन लागेको स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा फुटबल खेल सुरु भएको छ ।

आइतबार भएको दुई वटा खेलमा शिक्षा विकास मावि र पिनाकल ज्ञान मन्दिर विजय भएको छ । पहिलो खेलमा शिक्षा विकास मावि र रमाइलो बालजगत विच भएको खेलमा शिक्षा विकास माविलाई शुन्यको विरुद्ध ६ गोल गर्दै शिक्षा विकास मावि विजय भएको हो ।

त्यसैगरी दोस्रो खेलमा पर्ल एकेडेमी र पिनाकल ज्ञान मन्दिर विद्यालय विच भएको थियो । खेलमा पर्ल एकेडेमीलाई २–३ गोलको अन्तरले पिनाकल ज्ञान मन्दिर विजय भएको खेल संयोजक टंक अधिकारीले बताए । फुटबल खेल १८ गते फाइनल हुँर्दैछ । खेलमा कानेपोखरी गाउँपालिकाको १२ वटा माध्यामिक विद्यालयले भाग लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *