पिस ल्याम्प इन्टरनेशनलले पथरीमा म्युजिकल कन्सर्ट गर्ने

माघ ८ गते, पथरीशनिश्चरे । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेड काठमाडौले मोरङको पथरीको रंगशालामा म्युजिकल कन्सर्ट गर्ने भएको छ ।

मंगलबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २५ गते द भ्वाइस अप नेपाल लाइभ इन म्युजिकल कन्सर्ट गर्ने बारे जनाएको थियो । कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फस्ट रनअफ त्रय कुशल आचार्य, सप्तक दुदराज, श्रीजय थपलिया, टप ८ पर्न सफल सुरेश क्षेत्री, श्रेया राई, विवेक वाइवा, अनु शाक्यले मनोरञ्जन प्रदान गर्ने प्रालिका मेनेजिङ डाइरेक्टर अनुप लामाले जनाएका छन् ।

यो सँगै प्रालिको दोस्रो प्रस्तुति रहेको छ । प्रालिले माघ २१ गते धरानमा, माघ २३ गते विर्तामोडमा र माघ २६ गते केर्खामा सोही किसिमको लाइभ कन्सर्ट गर्दैछ । कन्सर्टमा करिब २० लाख खर्च हुने अनुमान आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *