ग्याँस वाईल्डिङको ड्रम पड्किएर मनिषको मृत्यु

माघ ८ गते, बेलबारी । ग्याँस वल्डिङ गर्ने ड्रम पड्किएर मोरङको बेलवारी नगरपालिका –११, स्थीत लक्ष्मीमार्गमा १ जनाको मृत्यु भएको छ ।


मंगलबार बिहान ९ बजे लक्ष्मिमार्गमा रहेको बस्नेत ग्रिल उद्योगमा काम गर्दै आएको स्थानीय ३७ बर्षिय मनिष बराईलीको मृत्यु भएको हो ।

वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *