स्वर्ण महोत्सवको लागी स्तम्भ निर्माणकार्य धमाधम

माघ ५ गते कानेपोखरी । कानेपोखरी–६, स्थीत रमाइलोमा स्थापीत जनसेवा माध्यामिक विद्यालयले स्वर्ण महोत्सवको लागी स्तम्भ निर्माणमा तिव्रता दिएको छ ।

सात दिन सम्म हुने स्वर्ण महोत्सवकोे माघ १९ गते उद्घाटन हुर्दैछ । विद्यालयले सोहि दिन स्वर्ण स्तम्भको पनि उद्घाटनको तयारी गरेको छ । निर्माण कार्य पुरा हुँदा जम्मा ४ लाख रकम लाग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका अर्याल बताउँछन् ।

त्यसमा लाग्ने ३ फुट अग्लो सरस्वतीको प्रतिमा १ लाख बराबरको र स्मारकको लोगो ४० हजार रुपैयाको २०४३ सालको एसएलसी व्याजका ग्रुपले दिने निर्णय गरेका छन् । त्यसैरी स्मारक निर्माण कुनै सहयोग नभएको प्रचारप्रसार समितिका संयोजक खेमनाथ पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *