जनसेवा स्वर्ण महोत्सवको लागी विद्यालयलाई सहयोग जुट्र्दै,पूर्व प्रधानध्यापक देखि पूर्व महान्यायधिवक्ता सम्मको सहयोग

माघ ४ गते, कानेपोखरी । स्वर्ण महोत्सवको लागी मोरङको कानेपोखरी –६, रमाइलोमा स्थापीत जनसेवा माविका पूर्व विद्यार्थीहरुबाट विद्यालयमा सहयोग जुट्ने क्रम जारी छ । स्वर्ण महोत्सव भव्य र सफल बनाउन पूर्व विद्यार्थी मात्र होइनन् पूर्व प्रधानध्यापक देखि लिएर पूर्व महान्यायधिवक्ताले समेत आर्थिक सहयोग गर्दै स्वर्ण महोत्सवमा लागी परेका छन् ।

विद्यालयलाई आर्थिक सहयोग गर्ने क्रममा विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व महान्यायधिवक्ता हाल काठ्माडौँ बस्दै आएका हरि फुयलले आफ्ना स्र्वर्गीय बुबाको स्मृतीमा १ लाख सहयोग गरेका छन् । त्यसैगरी विद्यालयका पूर्व प्रधानध्यापक हाल काठ्माडौ बस्दै आएका तुलाराम गुरुङले रु ५० हजार विद्यालयलाई सहयोग गरेका छन् ।

त्यसैगरी २०४३ सालको एसएलसी व्याजका ग्रुपले कलाकार विक्रम श्रीको नेतृत्वमा स्वर्ण स्मारकको लोगोको लागी ४० हजार र १ लाख बराबरको सरस्वतीको मुर्ति बनाएर दिने भएका छन् । लोगो र सरस्वतीको मुर्तिको लागी तयारी हुदैँ गरेको इटहरीमा बस्दै आएका कलाकार बिक्रम श्रीले बताए । त्यसैगरी ०३९ सालका पूर्व विद्यार्थी सुरेश कार्कीले १ लाख दिने भएका छन् ।

त्यसैगरी पूर्वविद्यार्थी मितेरी बैंक धरानका सिईओ तुलसी वस्तीले १ लाख बराबरको विद्यालयलाई कम्प्युटर दिने घोषना गरेका छन् । २०६१ सालको एसएलसी व्याजका विद्यार्थीहरुले विद्यालयमा मल्टिमिडिया कक्षाको लागी रु १ लाख दिने भएको छ । त्यसैगरी २०३९ सालको व्याजका पूर्व विद्यार्थी पुन्य प्रसाद बरालले विद्यालयको भौतिक निर्माणका लागी १ लाख ११ हजार १ सय ११ रुपैया दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *