मृगौला पिडीतलाई स्थानीयको ७१ हजार सहयोग

माघ ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे ३, का मृगौला पिडीत युवा शम्सेर बहादुर बराइली समीरको उपचारका लागि वडावासीले ७१ हजार बढी रकम आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।

विपन्न परिवारका समीरको उपचारमा सहयोग पुर्याउनका लागि आज पथरी बजारमा सहयोग संकलन गरिएको थियो । त्यस अघि समेत संकलन भएको सहयोग गरी कुल ७१ हजार ३ सय ८३ रुपैयाँ समीरलाई हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमबीच ७ नम्वर वडा सदस्य काँशीहाङ राईको सहजिकरणमा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले सो रकम हस्तान्तरण गरेको हो ।

वडाकी सामाजिक अभियन्ता कृष्णकुमारी विश्वकर्माको अगुवाईमा ७ नम्वर वडा सदस्य काँशीहाङ राई, कुमारी रोक्का, १ नम्वर वडा सदस्य इन्दिरा सुन्दास सहितले आर्थिक संकलन अभियान अघि बढाएका थिए ।

समीरको नोवेल अस्पताल विराटनगरमा निशुल्क डाइलोसिस भइरहेपनि औषधी किन्नका लागि आर्थिक समस्या भएपछि सहयोग जुटाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *