नगरलाई कानूनी पुस्तक दिर्दै युएनएचसीआर

माघ १ गते, पथरीशनिश्चरे । शरणार्थी सम्वन्धि राष्ट्रसंघीय उच्चयोग (युएनएचसीआर) दमक झापाले मोरङको पथरीशनिश्चरे नगरपालिकालाई कानूनी पुस्तक दिएका छन ।

मंगलबार युएनएचसीआर दमककी क्याथरिनको टोली नगरपालिकामा आएर १ सय २८ थान कानूनी पुस्तक दिएको हो । टोलीले नगरपालिका प्रमुख दिलिपकुमा राई र उपप्रमुख यमुना विष्ट वास्तोलालाई भेटी ती पुस्तक हस्तान्तरण गरेको थिए ।

क्याथरिनले नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादनका लागि ती पुस्तकहरु आवश्यक भएकाले प्रदान गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *