चरित्र हत्याको प्रयास, चन्दा संकलनमा मेरो कुनै सम्लग्नता छैन–वडाध्यक्ष गुरुङ

पुस २९,पथरीशनिश्चरे । मोरङ कानेपाखोरी गाउँपालिका—५, का वडाध्यक्ष चरण गुरुङले चिसाङ खोलामा भएको चन्दा असुली बारेमा मुद्धा चलाएर आफ्नो चरित्र हत्याको प्रयास भएको बताएको छ ।

राजनीतिक प्रतिशोधको आधारमा प्रदेश सांसदको समूहले किर्ते माइनेटिङ् गरी प्रहरीको पेस गर्दै मुद्दा चलाएर आफ्नो चरित्र हत्या गरेको विज्ञप्ती जारी गर्दै घटनामा आफ्नो कुनै संलग्नता नभएको बताउए ।

वडाध्यक्ष गुरुङ्गद्वारा जारी बिज्ञप्तीमा समिति निर्माणको समयमा धनपति गौतम र आँफुलगायत सबै मिलेर बनेको भन्दै लोक बहादुर कार्कीको समितिले हाल आएर रकम नउठाएको बताए ।

टेक बहादुर मगर अध्यक्ष र प्रदिप रिजाल सचिव रहेको समितिले रकम उठाएको भन्दै गाउँपालिका अध्यक्ष र आफ्नो उपस्थितिमा तटबन्धन समितिका अध्यक्ष टेक बहादुर मगर, सिहदेबी आधारभुत बिद्यालयका प्रधानाध्यापक र श्रीमाबी भौसाबारीका प्रधानाध्यापक यस्तै शिक्षाबिकास माबीका प्रधानाध्यापकको संयुक्त छलफलबाट रकम नउठाउने अनौपचारिक सहमति भएको समेत बताए ।

कानेपोखरी गाउँपालिकाले निति तथा कार्यक्रममा नै खोलाको ठेक्काबाट प्राप्त रकम खोला तटबन्धमा नै लगाउन निर्णय भएको हुँदा पनि करको नाममा थप रकम नउठाउन आँफुहरुले तटबन्ध समितिलाई आग्रह गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा टेक बहादुर मगर नेतृत्वको समितिले निरन्तर रकम उठाएको थाहा भएपछि गाउँपालिकाको पौष १८ गतेको निर्णयले तटबन्ध समितिलाई उप्रान्त रकम नउठाउन १९गते पत्राचार गरिएको जनाएको छ । गुरुङ्गले आफ्नो नाममा नितान्त पूर्वाग्रहपूर्ण ढंगले मुद्दा लगाईएको भन्दै आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको यदि संलग्नता भएको प्रमाणित भए आँफु जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख छ ।

गुरुङ्गद्वारा जारी बिज्ञप्तीमा तथ्य बिहिन आरोपले आँफुलाई कमजोर नबनाउने भन्दै यस्ता आरोपले आँफु नड्गमगाउने र अझ उर्जाका साथ काम गर्ने साहस बढेको उल्लेख छ । यस्तै प्राकृतिक श्रोतको जथाभाबी दोहनमा आफ्नो पनि आपत्ति रहने भन्दै सहि ब्यवस्थापनसहितको उत्खननमा भने आफ्नो सहमत हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *