पथरी शनिस्चरे समाज युएईको बार्षिक भेला हुदै

रमेश खड्का काशी / पुर्बी नेपालको मोरंग जिल्ला पथरी शनिस्चरे नगरपालिका घर भइ हाल युएईमा रहेका नेपालीहरुको सामाजिक सस्था पथरी शनिस्चरे समाज युएईले समाजको बार्षिक भेला तथा बनभोज कार्यक्रम आगामी फेब्रुवरी ८ शुक्रबारको दिन युएईको दुबई स्थित जाबेल पार्क करामा आयोजना गरेको छ ।

युएईको स्थानीय समय दिनको ११ बजेबाट सुरुहुने उक्त बनभोज तथा बार्षिक भेलामा बिभिन्न नेपाली परिकारहरुका साथसाथै नेपाली सेलरोटि,खसीको छाला सहितको मासु,बारबीक्यु एबम बिभिन्न खेलकुदका कार्यक्रमहरु रहने कार्यक्रम संयोजक मोहन नेपालले जानकारी दिए । हरेक बर्ष झैँ यस बर्ष पनि समाजले युएईको सातैवटा राज्यमा छरिएर रहेका पथरीसनिस्चरेबासिहरुलाई एकै ठाउमा भेट गराई आपसी भेटघाट र रमाइलो गराउने उदेश्यले बनभोजको आयोजना गरिएको समाजका अध्यक्ष कमल लावतीले जानकारी दिए ।

परदेशमा रहदा बस्दा भइपरि आउने समस्याहरुको सामुहिक समाधान गर्दै नेपालमा रहेको पथरी शनिस्चरे नगरपालिकाको बिकाश निर्माणमा केहि टेवा पुर्याउने उदेश्यले सन् २००६मा युएईमा स्थापना भएको उक्त समाजले हालसम्म नेपाल तथा युएईमा बिभिन्न सामाजिक एबम मानबिय कार्यहरु गर्दै आएको छ । युएईको सामाजिक अभियानमा बिभिन्न संघससस्थाहरुसगं हातेमालो गर्दै आएको उक्त समाजको बार्षिक भेलाले सोहिदिन सन् २०१९ /२१ कार्यकालकोलागि नया कार्यसमिति चुन्नेछ । सन् २००६मा युएईमा स्थापना भएको उक्त समाजलाई लामो समय सस्थापक अध्यक्ष मोहन नेपाल र बर्तमान एनआरएनए युएईका महासचिब कृष्ण पौडेलले नेतृत्व गरेका थिए भने त्यस पछि क्रमस दिपक न्यौपाने र हाल कमल लावतीले नेतृत्व गरिहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *