नगरमा न्यानो कपडा वाँढ्ने अभियान सरु

पुस २७ गते, पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरका अति विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण सुरु गरेको छ ।

१० वटा वडा रहेको नगरमा प्रत्येक वडाबाट अति विपन्न अवस्थाका ३०÷३० परिवारका लागि न्यानो कपडा वितरण कार्यक्रम अघि बढाएको नगर प्रमुख दिलिपकुमार राईले जनाए । जसअन्तर्गत, वडा नम्वर १ र ४ मा प्रति परिवार १ थान ओछ्याउने म्याट्रेस र १ थान ब्लाङकेट प्रदान गरिएको छ ।

शुक्रबार वडा नम्वर ४ मा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितका जनप्रतिनिधिहरुले सामग्री वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *