नगरको क्लबहरुलाई २लाख ५०हजारको खेल सामाग्री वितरण गरिने

पुस २७ गते,पथरीशनिश्चरे । नगर खेलकुद विकास समितिले आफ्नो नगरभित्रका क्लबहरुलाई २लाख ५०हजारको खेलकुद सामाग्रीहरु वितरण गर्ने तयारी गरेको छ ।

नगर खेलकुद विकास समितिले शुक्रबार पथरीबजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै वितरण बारेमा जानकारी गराएको हो । समितिले फुटबल ५० थान,नेट,अभ्यास गर्न आवश्यक पर्ने साम्रर्गी,भलिवल २० थान,१० थान जाली,क्रिकेट बल,अभ्यास गर्ने नेट,हेल्मेट र क्क प्याट, टेनिस बल,टेनिस ब्याट र टेनिस नेट वितरण गर्ने तयारी रहेको छ ।

त्यसैगरी सामुदायिक आधारभूत विद्यालयमा बाल खेलकुद साम्रगी स्किपिङ,चेस सामान्य ज्ञानको किताब लगाएत वितरण गरिने अध्यक्ष लिम्बूले बताए । केहि क्लबहरु आवश्यक कागजत पुरा गरी सम्पर्कमा आइसकेको र अन्यलाई पनि सम्पर्कमा आउँन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *