नगर स्तरीय गीतसंगीत र नाट्य समिति गठन

पुस २६ गते, पथरीशनिश्चे । मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गत गठित ‘भाषा, कला र साहित्य प्रवद्र्धन समिति’ मातहतको गीतसंगीत र नाट्य विभाग गठन भएको छ ।

नगरका सर्जकहरुको भेलाले गीत संगीत विभागको सदस्यहरुमा, रविन कन्दङ्वा, विक्रम राई, नेत्रप्रसाद दवाडी, सुवास राई (सन्तोष), नन्दु गुरुङ, राम विक, विकेस साउदेन, विजुला विश्वकर्मा, सम्झना राई, शुसीला खालिङ र प्रेमप्रसाद भट्टराईलाई चुनेको छ ।सो विभागको संयोजकमा देव गुरुङ र सदस्य सचिवमा अर्जुन सेन्चुरीलाई यसअघि नै प्रवद्र्धन समितिले चयन गरेको थियो ।

नाट्य विभागमा वद्री आचार्य, जेएन तिम्सिना, भीष्म न्यौपाने, कमला घिमिरे नेपाल, कमलराज भुजेल, जीवन वराल, मेनुका कुलुङ, लक्षणा राई, लक्ष्मीप्रसाद खनाल र अनिता गौतम सदस्य चुनिएको भएको छ । एकजना सदस्य चयन गर्न वाँकी रहेको छ । हरेन्द्र खत्री संयोजक र सरोज तिम्सिना सदस्य सचिव यसअघि नै चयन भइसकेका थिए ।

गीतसंगीतले लोक नृत्य प्रतियोगिता र नाट्य विभागले नाटक कार्यशाला सहितका चारै विभागका अन्य सामुहिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।छलफल कार्यक्रम, प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा, सदस्य प्रदीप आचार्य, नगरपालिका सूचना संयोजक एवम सर्जक भूपेन्द्र तिम्सिनाको सहभागीतामा कार्यक्रम भएको थियो । नगरपालिकाले नगरभित्रको सृजना क्षेत्रको प्रवद्र्धनका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *