रिटर्नी माइग्रेन्ट नेपालको कास्की जिल्ला सम्मेलन सम्पन्न

खेमराज खनाल , पौष २३, कास्की , वैदेशिक रोजगार बाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपालको कास्की जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

गण्डकी प्रदेशकि सामाजिक बिकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्य तामा जिल्ला समन्वय समितिको सभा हलमा उक्त कार्यक्रम आयोजना भएको हो । वैदेशिक रोजगार बाट फर्केर कास्की जिल्लामा बसोबास रत झण्डै ३०० जनाले कार्यक्रममा सहभागिता जनाएका थिए । आफुले चाहेजस्तै र खोजेजस्तै विषयबस्तु रिटर्नीहरुको अभियानले उठान गरेको र यसमा सामाजिक बिकास मन्त्रालयको साथ रहने भन्दै मन्त्री पुनले सीप बिकास तथा व्यावसायिक अभिमुखिकरण जस्ता कार्यक्रममा संस्थासंग हातेमालो गर्न इच्छुक रहेको बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङेलले राष्ट्रका सबै क्षेत्रमा नेतृत्व गर्न सक्ने खुबी बोकेका रिटर्नीहरु नै देशको आर्थिक समृद्धि र द्रुत बिकासको आधार भएको बताउनुभयो । उहाँले विभिन्न सीप बोकेर प्रबिधिमैत्री भएर स्वदेश फर्केको यो ठूलो तप्कालाइ सहज रोजगार र उध्यममा जोडेर आर्थिक बिकासमा गति लिनका लागि राज्यले क्रमिक रूपमा निति तथा कार्यक्रम तर्जुमा गर्ने र त्यसको नेतृत्व परिषदले गर्न तयार रहेकोे उल्लेख गर्नुभयो ।

अहिले चर्चामा रहेको सहुलियत कर्जा सम्बन्धि निर्देशिकामा थुप्रै त्रुटी रहेको र आगामी दिनमा यो परिमार्जन हुनेमा ढुक्क रहन सहभागीहरुलाइ आस्वस्त गराउनुभयो । राष्ट्रिय युवा परिषद रिटर्नी माइग्रेन्ट नेपालको अभियानमा सहयोगी भुमिका खेल्न सधैं तत्पर रहेको बताउदै ढुङेलले परिषदकै कार्यालय परिसरमा रिटर्नीहरुको सम्पर्क कार्यालय राख्ने विषयमा पहल गरिरहेको घोषणा गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति बयन बहादुर क्षेत्रीले वैदेशिक रोजगारबाट फर्केका जिल्लावासिहरुको उपस्थिति, सक्रियता र स्थानीय स्तरमै आफ्ना सीप र अनुभवको प्रयोग मार्फत स्थापित हुन चाहेको अभियानले अत्यन्त खुशी दिलाएको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम अधिकारीले संस्था स्थापनाको औचित्य र उद्देश्य माथी सहभागीहरुलाइ स्पष्ट पारेका थिए । सामुहिक लगानीका लागि लगानी बोर्डले परियोजना तयार पार्दै गरेको र चाडै इच्छुकहरुलाइ लगानीका लागि आव्हान गर्न गइरहेको अधिकारीले बताए ।

सम्मेलनले बुद्धि प्रसाद सुबेदिको नेतृत्वमा १७ सदस्यीय कास्की जिल्ला समिति निर्बिरोध निर्वाचित गरेको छ । संस्थाका महासचिव लक्ष्मी प्रसाद आचार्य, सचीव कृष्ण कुमार न्यौपाने, गण्डकी प्रदेशका अध्यक्ष नेत्र नारायण थनेत तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *