पुस २३ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–४, मा स्थाीत जनकल्यान आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सुइटर वितरण गरेको छ । सोमबार स्थानीय युवाहरुको पहलमा विद्यालयका १ सय १५ जना विद्यार्थीहरुले न्यानो कपडा सुइटर वितरण गरेको हो ।
“अभियान्ताहरुको अभियान शिक्षादान सर्वदान” भन्ने अभियान अन्तरगतका अभियान्ता प्रदिप कुमार राईको संयोजकत्वमा न्यानो सुइटर बितरण गरिएको हो । विद्यालयलाई ३२ ईन्चको एलईडि टेलिभिजन, २ थान भलिवल र १० थान स्कीपिङ पनि हस्तान्तरण गरिएको छ । शिक्षाको माध्यमबाट समाजमा शान्ति,सदभाव,विकाश,अमनचयन जस्ता सकरात्मक कार्यको स्थापना गराउन शिक्षाको आवश्यता पर्ने कुरालाई मध्यनजर गर्दै आजका बालबालीकालाई भोलीको समाजसुधारको आधार स्तम्भ बनाउन अहिले आफु लगाएत अभियान्ताहरुको सहभागितामा “अभियान्ताहरुको अभियान शिक्षादान सर्वदान” भन्दै लागि परेको र आगामी ५ वर्ष भित्रमा नगरका सवै सामुदायिक विद्यालयमा पुग्ने लक्ष्य रहेको अभियान्ता राईले बताएका छन् ।
सुइटर बितरण कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राई, विद्यालयका संस्थापक अध्यक्ष रत्न बहाद्र थापा मगर र शैक्षिक अभियन्ता प्रदिप कुमार राईलाई विद्यालय सञ्चालनमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए । कार्यक्रमका प्रमुख अथिति राईले नगरपालिकाले एसइइ परिक्षा पास गरि प्राविधिक शिक्षा आर्जन गर्न चाहाने विध्यार्थीहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा अध्ययनका लागि शैक्षिक ऋणको व्यावस्थापन गरेको बताए ।