ट्रान्सफरमर जोडिएपछि गाउँ झिलिमिलि

पुस १९ गते, बेलबारी । सधै मधुरो बल्ने विजुलीकको समस्याबाट बेलबारी नगरपालिका वडा नं. ९ का स्थानीयवासी विहिबारबाट मुक्त भएका छन् । वडामा भोल्टेज नपुग्दा लामो समयदेखि स्थानीयवासीहरु बर्षौ देखि मधुरो बत्तिको समस्या झेल्दै आएका थिए ।

बेलबारी –९, को बेलाई गाउँमा २ सय केभीए र ९ र ६ को सीमानामा पर्ने भक्का चौकमा एक सय केभीएको ट्रान्सफरमर राखिएपछि स्थानीय बासी भोल्टेज कमहुने समस्याबाट मुक्त भएका हो । वडाको सिफारिसमा स्थानीय युवा प्रकाश राईको पहलमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट उपलब्ध दुई वटा ट्रान्सफरमर बुधबारबाट जडान गरिएको थियो । ट्रान्सफरमर जोडिएपछि स्थानीय उपभोक्ता अहिले खुशी भएका छन् ।

भोल्टेजको कमीले मधुरो बत्तीको प्रकाशमा बस्नु पर्ने बाध्यता थियो । गर्मी मौसममा पंखा, रेफ्रीजेरेटर, फ्रिज, कम्प्यूटर नचल्ने र ठूलो नोक्सानी हुने गथ्र्यो ।बेलबारी ६ र ९ नम्बर वडाबासी अवभने उक्त समस्यबाट मुक्त भएका छन् । स्थानीय सर्वेश्वर टोल सुधार समितिका अध्यक्ष भरत पाण्डे भन्छन ‘हामीले ट्रान्सफरमरको लागि बर्षौदेखि पहल गर्दापनि उपलब्ध हुन सकेको थिएन, दुवै वडालाई पुग्ने गरी जडान भएकोमा अव हामीले क्षति बेहोर्नु पर्दैन ।’

मन्त्रालयबाट आएको ट्रान्सफरमर जडानको लागि स्थानीय नलबारी टोल सुधार समितिका अध्यक्ष लक्ष्मी चौधरी, स्थानीय समाजसेवी सुकदेव चौधरी, प्रेम राई, गणेश अधिकारी, देवी प्रसाद पोख्रेल, शिव पोख्रेल, धिरोज श्रेष्ठ, धर्मराज राई र असिन राईलगायतको सक्रियता रहेको थियो । उक्त ट्रान्स्फरमरले ९ र ६ नम्बरका बासिन्दाले लाभ लिएका छन् ।

 

‘निर्वाचनमा ट्रान्स्फरमार जडान गर्ने प्रतिबद्धता गरेको थिएँ’ वडा नम्बर ९ का वडा अध्यक्ष नगेन्द्र खडका भन्छन ‘प्रतिवद्धता पुरा गर्न ट्रान्स्फरमर ल्याएर जडान गर्न सक्रिय भुमिका निर्वाह गरेककोमा प्रकाश राईलाई वडाको तर्फबाट धन्यवाद ।’ देविगंज टोल सुधार समितिका अध्यक्ष महानन्द पोख्रेलले पनि प्रकाशलाई धन्यवाद दिए ।

ट्रान्स्फरमरको लागि ६ नम्बर वडाले पाँच लाख रकम विनियोजन गरेको थियो । मन्त्रालयबाट आएपछि उक्त रकम अव सडक निर्माणमा प्रयोग गर्ने वडा अध्यक्ष उदय बहादुर राईले बताए । स्थानीय बासी प्रकाश राई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला कमिटी सदस्यमा सिफारिस भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *