नगरस्तरीय महिला फुटबलको उपाधि पथरीको हातमा

पुस १८ गते, पथरीशनिश्चरे । पथरी बहुमुखी क्याम्पसमा संगठित अनरेरास्ववियु र अनिरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा सम्पन्न नगर स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरले हात पारेको छ ।

सुनाखरी चौकको खेलमैदानमा बुधबार भएको फाइनल खेलमा कानेपोखरी गाउँपालिकालाई सुन्यको विरुद्ध १, गोल गर्दै पथरीशनिश्चरेले उपाधि चुमेको हो । खेलको १६ औं मिनेटमा पथरी स्पोटिङ क्लवकी मुना मगरले प्रहार गरेको बललाई कानेपोखरीकी खेलाडीले बल रोक्न खोज्दा आत्माघाती भएको थियो । मुनाको गोल प्रहार नै खेलको निणनायक गोल बन्यो ।

खेलको ओमन अफ द म्याच कानेपोखरीकी रेश्मा राई भएकी थिइ्न । खेलको हाई स्कोर कानेपोखरीकी रमा राई घोषित भईन । त्यस्तै पथरीकी पबिना राई राइजिङ प्लेयर र अनिता मगर ओमन अफ द सिरिज घोषित भइन ।

विजयी पथरीले २५ हजार नगर, ट्रफि, मेडल, प्रमाण पत्र र उपविजेता कानेपोखरीले १५ नगद,ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेका थिए । विजेतालाई नगरपालिकाका प्रमुख दिलिपकुमार राई पुरस्कार वितरण गरेका थिए ।

पथरी बहुमुखी क्याम्पसमा रहेको अनरेरास्ववियु र अनिरास्ववियु क्रान्तिकारीले पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद् सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो । यसैबीच आयोजकले राष्ट्रिय फुडबल टिमका स्थानीय महिला खेलाडीद्वय दीपा न्यौपाने र सरु लिम्बुलाई सम्मान समेत गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *