पथरीशनिश्चरेमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुर्दै

पुस १६ गते,पथरीशनिश्चरे । मोरङका पथरीशनिश्चरे नगरमा सहिद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटि बुद्धिचाल प्रतियोगिता–२०७५ हुने भएको छ । पथरीशनिश्चरे नगरपालिका–१, मा स्थापित फ्रेण्डसीप चेस क्लबको आयोजनामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।

सोमबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल माघ ५ गते देखि ९ गते सम्म पथरीशनिश्चरे–२, मा रहेको सीन भिलेज पार्टी प्यालेसमा हुने जानकारी गराएको थियो । प्रतियोािगतामा देशभरका एक सय ५० जनाभन्दा बढी राष्ट्रिय खेलाडिहरु सहभागि हुने क्लवका अध्यक्ष अमिर राईले जनाए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ लगायतहुने खेलाडिहरुलाई क्रमस ५०, ४०, ३०, २०, १५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्रदान गरिने सचिव लोकसागर साम्बाले बताए । विभिन्न समूहमा वर्गीकरण गरी ३९ जनालाई नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ । पुरस्कारमा मात्र नगद तीन लाख ४० हजार तथा अन्य खर्च गरी सात लाख ५० हजार लागतमा प्रतियोगिता सम्पन्न गर्ने पत्रकार सम्मेलनमा बताएका थिए ।

राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता स्वीस लिगको आधारमा हुने छ । प्रतियोगितामा नेपाल च्याम्पियन मदन कायस्थ, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, केशव श्रेष्ठ, सुरवीर लामा, मनिष हमाल लगायतका खेलाडिहरु समेत प्रतियोगिता भिड्न आउने क्लवका अध्यक्ष अमिर राईले बताए ।
सिर्जनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल भन्ने मूल नाराको साथ हुने प्रतियोािगतामा पथरीमा स्थापित एभरेष्ट आवासीय माविका सञ्चालक रविन कन्द प्रथम पुरस्कार प्रायोजन गरेका छन । स्कुल सञ्चालक कन्द्वाले आफ्नो बुवा चन्द्रमान कन्द्वा(सी.एम.)को सम्झना स्वरुप नगद राशी प्रायोजन गर्न लागेको क्लवका अध्यक्ष राईले बताए ।

प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरपालिका, छिमेकी नगर तथा गाउँपालिका, नीजि विद्यालयहरु, विभिन्न उद्योगी व्यवसाही, समाजसेवी लगायतबाट रकम संकलन गरेर खर्च जुटाउने योजना रहको क्लबका पदाधिकारी अर्जुन जम्मेली राईले बताए । व्यवस्थापन खर्च १२ लाख ३४ हजार, मुख्य नगद पुरस्कार ५० हजार,विधागत नगद पुरस्कार ९० हजार गरी कुल १५ लाख ७४ हजार खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *