गाउँपालिका स्तरीय धिमाल महिला तर्दथ समिति गठन

पुस १६ गते, कानेपोखरी । धिमाल समुदायले गाउँपालिका स्तरीय धिमाल महिला तथा बालबालिका तर्दथ समिति गठन भएको छ । सोमबार मोरङको कानेपोखरी –६, स्थीत रमाइलोमा प्रमिला धिमालको अध्यक्षतामा १३ सदस्य तर्दथ समिति गठन गएको हो ।

समितिका उपाध्यक्ष चन्द्रीदेवी धिमाल, सचिवमा विमला धिमाल, सहसचिवमा सुस्मीता धिमाल, कोषाअध्यक्षमा लिला धिमाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा नानु धिमाल,सिता धिमाल,गिता धिमाल,अनिता धिमाल,तुलसा धिमाल,रिना धिमाल,विमला धिमाल,ओमकुमारी धिमाल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका महिला तथा बालबालिका विभाग प्रमुख रत्नमाया धिमाल,विशिष्ट अतिथि धिमाल जातीय विकास केन्द्रका केन्द्रिय सदस्य तथा परियोजना विभाग प्रमुख पम्फा धिमाल, केन्द्रिय सदस्य रामु धिमाल, वडा नं. ५ की महिला वडा सदस्य शुशिला धिमाल अतिथि रहेका थिए । कार्यक्रमको अध्यक्षता कानेपोखरी गाउँपालिका धिमाल तर्दथ समितिका संयोजक प्रकास धिमाल रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *