सुन्दरहरैचा सेमिफाइनलमा प्रवेश

पुस १५ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी नगर स्तरीय महिला फुटबल प्रतियोगितामा सुन्दरहरैतचा नगरपालिका बिजयी हुर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा सुन्दरहरैचाले लेटाङ निलोलाई सडनडेथमा स्तब्ध पार्दै सुन्दरहरैचा सेमिफाइनलको यात्रा तयगरेको हो । निर्धारीत समयमा खेल बराबरीमा टुङ्गीए पछि लेटाङ्ग निलोलाइ सडन डेथमा स्तव्ध पार्दै सुन्दरहरौचा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारीत समयमा कुनै गोल हुन नसकेपछि खेल टाइवेकरमा पुगेको थियो । टाइवेकरमा दुवै टिमले ३–३ गोल मात्र गरेपछि खेलको टुगो सडनडेथले गरेको थियो ।

सुन्दरहरौचाले पाएका ३ वटा राम्रा अवसरलाइ लेटाङ्ग कि गोलरक्षक सनिषा राईले उत्कृष्ट वचाउ गरेकि थिइन । मनिशा राई नै म्यान अफ दि म्याच घोषित भईन । उनले नगद १ हजार पुरस्कार पाप्त गरिन । टाइवेकरमा लेटाङ निलो कि मञ्जु राई,रस्मी राई र पुर्णिमा लिम्वुले गोल गरे, लेटाङकै इन्दिरा लिम्वु र आशा लिम्वुको प्रहार वाहिरीएको थियो ।

 

सुन्दर हरौचाकी लक्ष्मी जोगी,निर्मला चौहान र खुस्मा राईको प्रहार गोलमा परिणत भएपनि मनिषा विष्ट र कोपिला लिम्वुले टिमका लागी गोल गर्न भने चुकेको थियो । सडनडेथ प्रहार गर्न आएकी सुन्दरहरौचाकी पवित्रा राइले गोललाइ जाली चुमाउदा लेटाङकी अरुणा लिम्वु भने गोल गर्न सकेन । सोमवारको खेल कानेपोखरी र लेटाङ रातो विच हुने खेल आयोजक जनक पोखे्रलले बताए ।

 

प्रतियोगिताको विजेताले २५ हजार नगद ट्रफि र मेडल जित्ने छ भने उपविजेताले १५ हजार नगद र ट्रफि जित्ने आयोजकले जनाएको छ । पथरी वहुमुखी क्याम्पसको अखिल र अखिल क्रान्तिकारी ले फुटवल प्रतियोगिता आयोजना गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *