पथरीशनिश्चरे नगर स्तरीय महिला फुटबलहुने

पुस १३ गते, पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका—१, स्थित पथरी बहुमुखी क्याम्पसको अनेरास्ववियु पथरी क्याम्पस कमिटि र अनेरास्ववियु क्रान्तीकारी पथरी बहुमुखी इकाई कमिटिले नगरमा पहिलो नगर स्तरीय महिला फुटबल प्रतियोगिता गर्ने भएको छ ।

 

दोय कमिटिले पथरीमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै पुष १४ देखि १८ गते सम्म नगर स्तरीय महिला फुटबल प्रतियोगिता गर्न लागेको कुरा बताएको हो ।

प्रतियोगितामा पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, कानेपोखरी, बेलबारी र सुन्दरहरैचा नगरपालिकाबाट प्रतियोगि टिमहरु सहभागि हुने कार्यक्रम संयोजक तथा अनेरास्ववियुका अध्यक्ष जनक पोख्रेलले बताए ।

 

कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका र अखिल क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्षद्वय जनक पोख्रेल, प्रकाश चौहान, नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लिम्बू, वडा सदस्य काशीराज राई लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतियोगिता विजेता र उपविजेता टिमले क्रमस २५ र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने अलिख क्याम्पस इकाई समितिका अध्यक्ष जनक पोख्रेलले बताए । खेलमा उत्कृष्ट खेलाडी,उदयमान खेलाडी,प्रत्येक खेलमा म्यान अफ द म्याच,म्यान अफ द सिरिन्ज लगाएतका विधामा पुरस्कार दिने बताएका छन् ।

खेलको लागी राष्ट्रिय खेलकुद समितिबाट ७५ हजार र नगर खेलकुद विकास समितिले ५० हजार रकम दिएको आयोजकले जनाएको छ । जम्मा १लाख ५० हजार रकम खर्च हुने र अन्य रकम स्थानीय उद्योगी,व्यापारीहरुबाट रकम संकलन गरिने आयोजक समितिका सदस्य प्रकाश चौहानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *