सुनाखरी माविमाले तीन दिने रजत जयन्ती मनाउर्दै

पुस १३ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चे–१, बजारमा स्थापीत सुनाखरी माध्यामिक विद्यालयले तीन दिने रजत जयन्ती मनाउँर्दै छ । विद्यालय २५ बर्ष पुगेको अवसरमा शुक्रबार देखि आइतबार सम्म रजत जयन्ती मनाएको हो ।

 

बिहिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै रजत जयन्तिको बारेमा कार्यक्रम सार्वजानीक गरेका थिए । विद्यालयले पुस १३ देखि १५ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरी रजतजयन्ति मनाउने प्रधानाध्यापक केशव शर्माले बताए । पहिलो दिन विद्यार्थीहरुलाई चम्चा दौड,चकलेट दौड,टाई दौड,बेलुन फुटाई,जुत्ता दौड,हाजिरी जवाफ, भलिवल प्रतियोगिता,कवडी,सम्झना खेल,फुटबल खेल,हिसाब दौड र ब्याटमिन्टन खेलहरु खेलाईने भएको छ ।
त्यसैगरी दोस्रो दिन अभिभावक,शिक्षक र पूर्व विद्यार्थीहरुकाली चिया दौड,भलिवल,ब्याटमिन्टन,म्यूजिकल चियर,छेलो, हण्डी फुटाई,चित्रकला तथा हस्तकला प्रतियोगिता गर्ने भएको छ । त्यसैगरी समापनको दिन रजतस्तम्भ उद्घाटन,सम्मान र पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयले जानकारी दिएका छन् ।

रजतजयन्ती भव्यताका साथ सम्पन्न गर्ने उदे्श्यले १ लाख बराबरको रजतस्तम्भ निर्माण कार्य सम्पन्न भएको छ । समापनको दिनमा विद्यार्थीहरुको गायन, नृत्य,नाटक प्रस्तु गरी उपस्थीत अभिभावकलाई मनोरञ्जन दिने विद्यालयले जनाएको छ ।

बिद्यालयमा २०७० सालदेखि शिक्षाप्रेमी स्थानीय प्रदिपकुमार राईको नेतृत्वमा २लाख ७५हजार १सय १ रुपैयाबाट अक्षयकोष स्थापना गरेको अहिले सो रकम १५ लाख रुपैया पुगेको छ । देश विदेशमा रहेको नेपालीहरुबाट रकम संकलन गरी सो बराबरको अक्षयकोष स्थापन भएको हो ।
अक्षयकोषबाट अहिले सम्मको ब्याजबाट ६६ हजार रकम जम्मा भएको छ । सो ब्याजबाट रजतजयन्तीमा अक्षयकोषबाट २६ हजार रकम खर्च गर्ने जनाएको छ । त्यसैगरी माविमा कोचिङ संचालन २० हजार,विद्यार्थीलाई न्यानो सुइटर वितरणमा १० हजार खर्च गरेको अक्षयकोष संरक्षक प्रदिपकुमार राईले बताए ।

अक्षयकोषबाट आगामी बर्षमा कोचिङ कक्षा संचालनमा ३० हजार,निजी शिक्षक तलबमा ५० हजार,शिक्षक कर्मचारी हितकोषमा २० हजार जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सहयोग २८हजार १सय २५ रुपैया दिने निर्णय भएको संरक्षक राईले बमताए ।

रतजयन्ति सार्वजनिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चाम्लिङ राई, नगरपालिका वडा नं. १ का अध्यक्ष बाबुराम लिम्बू, अक्षकोष दाता प्रदिपकुमार राई लगायतले मान्तव्य राखेका थिए । तीन सय विद्यार्थी अध्ययनरत विद्यालयमा १६ जना शिक्षक कर्मचारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *