कानेपोखरी गाउँपालिकाको निशुल्क स्वास्थ शिविर सुरु

मंसिर १९ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले ७ वटै वडामा निशुल्क स्वास्थ शिविर सुरु गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ को कार्यक्रम अन्तरगत तालिका अनुसार वडा नम्बर ७ बाट स्वास्थ शिविर सुरु गरेको हो ।

 

वडाको आयोजना र विराट मेडिकल कलेज टिचिङग हस्पिटल विराटनगरको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको छ । शिविरमा वडाका २ सय ५० जनाले बिभिन्न रोगका स्वास्थ परीक्षण गराएका थिए । जस्मा ५० जनाले भिडियो ऐ–सरे गरेका थिए । शिविरमा ६० हजारको औषधि निशुल्क वितरण गरेका थिए भने ३० जना शिविरबाट रिफर गरेको वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताए ।
विराट मेडिकल कलेज टिचिङग हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका साथमा डा. हरी धिमिरे,डा.संजीत शाह,डा.सृष्टी थापा,डा. इशा पुन लगाएत एक दर्जन सहयोगी सहित शिविरमा खटिएका थिए ।

 

शिविर कार्यक्रमलाई प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र विशिष्ट अतिथि डा. ज्ञानेन्द्रमान सिंह कार्कीले उद्घाटन गरेका थिए । प्रत्येक वडामा बर्षमा दुईपटक निशुल्क स्वास्थ शिविर संचालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *