जेसीज सप्ताह आयोजना गर्दै पथरी जेसीज

मंसिर ६ गते, पथरी । मोरङ पथरीशनिश्चरे नगरमा रहेको पथरी जेसीजले जेसीज सप्ताह २०१८ शुक्रबारबाट सुरु गर्दै छ । जेसीज सप्ताह कार्यक्रममा जेसीजले बिबिध कार्यक्रमको आयोजनागरी १२ गते समापन गर्ने तयारी गरेको छ ।

सप्ताह कार्यक्रममा अन्तर्गत मंसिर ७ गते सप्ताह समुद्घाटन तथा लागू पदार्थ दुव्र्यसनी सम्वन्धी जनचेतना, ८ गते मैत्रीपूर्ण फुटबल खेल उद्योग वाणिज्य संघ र पथरी जेसीज, ९ गते वृक्षरोपण कार्यक्रम, १० गते स्लो बाइक प्रतियोगिता, ११ गते गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लत्ता कपडा वितरण रहेको छ ।

 

त्यसैगरी १२ गते सप्ताह समापन पथरी बहुमुखी क्याम्पसमा डस्टबिन वितरण तथा मोटिभेसन स्पिच कार्यक्रम हुने मूल संयोजक जेसी दिपेश रिजालले बताए । पथरी जेसीजका अध्यक्ष जेसी टिकाविक्रम चौहान र महासचिव जेसी टि.एन. तिम्सिना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *