मोफसलकी रुबिना !

मंसिर ४ गते, पथरी । सुनसरीको इटहरी–५ मादेन मार्गकी २१ बर्षिय रुबिना गहतराज अहिले अभिनयमा व्यस्त हुर्दै आएकी छिन् । हाइटी छिन्, मदहोस् लुक्स र जीवन्त अभिनय पस्कने खुबी छ उनमा । त्यसैले अहिले उनको व्यवस्तता ह्वात्तै बढेको हो ।

 

रुबिना सेकेन्डरी बोर्डिङ स्कुल इटहरी र सुकुना मल्टिपलबाट उच्च शिक्षा हासिल गरी चितवन भरतपुर हस्पिटलमा फिजियोथेरापी अध्यनरत छिन् । बाल्यकालदेखि नै नृत्यमा मोह जगाएकी रुबिनाले युनाइटेड डान्स सेन्टर इटहरीबाट नृत्य प्रशिक्षण लिएकी हुन् ।
गायक संजिप पुडासैनीको ‘बिर्सन मैले…’ बोलको गीतमा अभिनय गरेर म्यूजिक भिडियोमा ‘डेब्यु’ गरेकी गहतराजले जितेन लेप्चाको ‘तिमीले साथ छोडिदिंदा…’ हुँदै १६ वटा म्यूजिक भिडियोमा जीवन्त अभिनय गरिसकेकी छिन् ।

उनले म्यूजिक भिडियोमा मात्र आफूलाई उभ्याइनन् मोफसलबाट निरन्तर निर्माण हुँदै आएको ‘दोबाटे’ टेलिसिरियलको १ सय १ भागदेखि अहिलेसम्म निरन्तर अभिनय गर्दै केही चौधरी र भोजपुरी चलचित्रको गीतहरुमा आइटम डान्समा पनि छाइसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *