नगर खेलकुद समितिले चार महिनामा पाँच प्रकारका प्रतियोगिता गर्ने

कात्र्तिक ३० गते, पथरी । पथरीशनिश्चरे नगरपालिका मातहतको नगर खेलकुद विकास समितिले ४ महिनामा ५ प्रकारका खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले मंसिर १४ गते वडा नम्वर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको सचिव नैना साम्पाङले जनाए ।

त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, वडा नम्वर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्वरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ ।

 

बाँकी रहेका १, ३, ५, ९ र १० नम्वर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने अध्यक्ष मणि लिम्बूले बताए । नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास समिति खडा गरी चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *