मदन भण्डारी राजमार्गको नयाँ नक्सामा स्थानीयको विवाद

नक्सामा रातो रेखा राजमार्गको नयाँ नक्सा हो ।
कात्र्तिक २८ गते, लेटाङ । मदन भडाण्डारी राजमार्गमा सरकारले नयाँ नक्साबाट राजमार्ग बनाउने भएपछि स्थानीयले बिरोध गरेको छ । सरकारले पूर्वको केराबारी गाउँपालिका र लेटाङ नगरपालिकामा पुरानो नक्सालाई छोड्र्दै नयाँ नक्साबाट राजमार्ग बनाउने भएपछि स्थानीयले बिरोध गरेको हो ।

लेटाङ नगरपालिका –२, राईगाउँ चिसाङ खोलाबाट २ मिलोमिटर उत्तरबाट राजमार्गको नयाँ नक्सा निर्माण गरिएको छ । नक्सामा रातो धर्का लगाएको रेखाहरु नयाँ सर्बे हो । जस्मा लेटाङ नगरपालिका –२, तुर्के सम्म पुरानै नक्सा हँर्दै चिसाङ खोला राईगाउँबाट उत्तर भोगटेनी चौक, सुके चौरी,करम बोटे,किसान चौक,जाँते बजार,बेल्टार,खोलिटार हुर्दै बक्रा खोला सम्म बाङ्गोटिङ बाटो भएर नयाँ राजमार्गको नक्साङकन(सर्बे) गरिएको छ ।

 

त्यसैगरी पुरानो सर्बेको नक्सा लेटाङ नगरपालिका –२, तुर्केबाट राईगाउँ,हुर्दै चिसाङ खोलामा पुल,बिपि चौक,बुढौली चौक,मदन चौक,बाहकोटे चौक,लाल बस्ती,ढाडे हुर्दै बक्रा खोलाको पुल हुर्दै सिधा झापा निस्कने सडक रहेको छ । लेटाङ् २, तुर्केबाट बक्रा खोला पुल सम्म पहिलेको नक्साको राजमार्गको लम्बाई १५.६ कि.मि रहेको छ भने अहिलेको नयाँ नक्साको राजमार्ग लेटाङ् २, तुर्केबाट बक्रा खोला सम्म २४.३ किलोमिटर रहेको छ ।

नयाँ र पुरानो बाटोलाई तुलना गर्दा ९ किलोमिटरको अन्तर देखिएको छ । यसलाई नयाँ नक्साबाट राजमार्ग लादा यहि स्थानमा अर्बौ रकम लाग्ने लेटाङ वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद लुईटेलले बताए ।

त्यति मात्र होइन पुरानो नक्साको बाटोमा चिसाङ र बक्रा खोलामा अर्वौको लगानीमा पुल बनिसकेको छ । अहिले नयाँ नक्साको बाटोबाट लगियो भने चिसाङ र बक्रा खोलाको पुलमा अर्बौको पुल बनाउनु पर्ने स्थानीय युवराज फुयलले बताए ।

अहिले बजारमा १५६५ फुटको बाटो बन्न लागेको हावा फैलाएर पुरानो नक्साको बाटोको छेउछाउँ बसोबास गर्ने स्थानीयलाई त्रसित बनाएर बाटो घुमाएर लगेको स्थानीय जनक आर्चायले गुणासो गरे ।

 

यस राजमार्गमा बास्तबिक २५ मिटरको चौडा र ७ मिटरको पिचको योजना रहेको अर्का लेटाङ–२, का वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले बताए । नयाँ नक्सा अनुसारमा कसैको १० देखि १५ कट्ठा सम्म घर जग्गा काटिने बताइएको छ ।

सोमनाथ निरौलाको संयोजकमा स्थानीयले लेटाङ नगर स्तरीय सरोकार समिति पनि केहि दिन अघि गठन गरेका छन् । पुरानो नक्साबाट राजमार्ग बनाउन बिभिन्न सम्बन्धित निकायमा जाने नगर सरोकार समितिका संयोजक निरौलाले बताए ।

 

२०५५ साल अघि धरान, केराबारी देखि दमक सम्म बैकल्वीक राजमार्ग बनाउन पहल गरेको यो बाटो २०६४ र ०६८ सालमा नेपाल सरकारले सर्बे गरेको थियो । त्यस पछि नेपाल सरकारले यो राजमार्गलाई राष्ट्रिय गौरभको योजनामा पारर्दै मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव गरेपछि गत साउनमा बाटोको सर्बे गर्न आएका थिए ।

राजमार्ग सर्बे गर्न आउँदा केहि भूमाफियाहरुको पहलमा राजमार्गको नक्सा परिवर्तन गरेको सरोकार समितिका संयोजक निरौलाले बताए । उनले भने–‘यो पुरानो नक्साको बाटो यो फेरबल हुनुहुदैन । केहि प्रदेश सरकारका सांसदहरु लागी परेर त्यस पछि माफियाहरुले आफ्नो घरघडेरी,प्लटिङ छुवाउँर्दै राजमार्गको नयाँ नक्सा निकाल्न सक्रिय रहे । त्यस नयाँ नक्साको बिरोध गर्दै पुरानै नक्सामा राजमार्ग बनाउन सबैको जोड छ ।’

 

मदन भण्डारी राजमार्ग निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो । यस राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा (महाकाली नदी) सम्म करिव १२ सय किलोमीटर लामो रहेको छ ।

राजमार्ग झापा बाहुण्डाँगी बाट सुरू भै शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्ने छ ।

यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । जस अनुसार आ.ब. २०७५र७६ को बजेटमा ४ अर्ब ५० करोड रूपैयाँ रकम विनियोजन गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *