नगरको दशवटै वडाका कृर्षकहरुलाई च्याउ खेती तालिम

कात्र्तिक २८ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाले च्याउ खेती गर्न चाहाने कृर्षकहरुलाई ३ दिने च्याउ खेती तालिम बुधबारबाट सुरु गरेको छ । नगरको कृषि शाखाले चालु आर्थिक वर्षको पहिलो कार्यक्रमका रुपमा वडा नम्वर ३ मा सुरु गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन् गर्दै कृषि क्षेत्रमा व्यवसायिक भएर विदेशी मुलुकमा रोजगारी गर्न नजाने वातावरण आफैंले सिर्जना गर्न युवाहरुलाई आव्हान गरेका थिए । साथै उनीले व्यवसायको वजारिकरणमा नगरपालिकाले सघाउने तथा उद्यमशील तालिमहरु सञ्चालन गरिरहने समेत आग्रह गरेका थिए ।

कार्यक्रममा, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ३ नम्वर वडाध्यक्ष डम्वर चेम्जोङ, कार्यपालिका सदस्य अरुणा राई सहितले मन्तव्य राखेका थिए । १० वटै वडाका ३,३ जनाका दरले ३० जना कृषकको सहभागिता रहने तालिमलाई कृषि शाखा प्रमुख सावित्रा कार्कीले सहजकिरण गरेका छन् ।

 

जग्गा भाडामा लिएर पशुपंक्षी र मौरीपालन
नगरको वडाका ९ जना महिलाहरु मिलेर खडा गरेको पिपलचोक मौरीपालन तथा पशुपंक्षी पालन समूहले गरेको प्रगतिका बारेमा उपप्रमुख वास्तोला सहितका जनप्रतिनिधिहरुले अवलोकन गरेका छन् ।
२ विगाहा १० कठ्ठा जग्गा भाडामा लिई समूहले तत्काल ५ सय वटा लोकल कुखुरा, ३ घार मौरी पालन थालेको छ । कुखुराको संख्या थप्दै वाख्रा पालन पनि अघि बढाउने योजना रहेको समूह कोषाध्यक्ष भला रेग्मीले जनाए । हालसम्म त्यहाँ ४ लाख रुपैयाँ लगानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *