गायक देव गुरुङको देउसी गीत सार्वजानिक

कात्र्तिक २० गते, पथरी । मोरङ पथरीशनिश्चरे –१, का गायक देव गुरुङले तिहार लाई लक्षित गरेर देउसी गीत ‘घिन घिन मादल…’को म्यूजिक भिडियो र्सजानिक गरेका छन् ।

 

क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा बादल श्रेष्ठ, निमा तामाङ, करण धिताल, रेजिना क्षेत्रीले अभिनय गरेका छन् भने अशोक राई, गोपाल काफ्ले, भीमराज अधिकारी, विवेक परियार, विवेक न्यौपाने, टाइगर लिम्बु, बिजय लिम्बु, भूमि पाठक लगायतले पनि सह–अभिनय गरेका छन् ।

जमर्काे इन्टरटेनमेन्टद्वारा युट्युवमा हालिएको यस गीतलाई देवराज सिग्देलले खिचे र अभिषेक मगरले कोरिग्राफी गरे भने निर्देशन सन्तोष राईले गरेका छन् ।

 

तीन दिनमा नै देउसी गीत ? भन्ने प्रश्नमा गायक तथा संगीतकार देव गुरुङ भने –‘मलाई मुड चल्यो आखिर मनले चाह्यो भने तीनै दिनमा दिनमा गीत सँगै म्यूजिक भिडियो पनि तयार पार्न सकिंदो रहेछ नि ।’

सोही अनुरुप अशोक थापा एरेन्जरलाई अगाडिको एक लाइन गीत म्यासेन्जरमा पठाए । अनि गायक देव गुरुङ र गीतकार गणेश वाछाना राई रेकर्डिङ स्टुडियोमा पुगें । गायक गुरुङले गी रेकर्डको लागि टेक लिन थाले गीतकारले गीत लेख्दै दिदंै गीत तयार भयो २ घन्टामा । त्यसपछि भिडियो साँझ खिचियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *