न्यायिक समिति नगरको घरघरमा गुनासो सुन्र्दै

कात्र्तिक १६ गते,पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले नगरको गाउँघरमै गएर स्थानीयको गुनासो सुन्ने अभियान सुरु गरेको छ ।

 

शुक्रबार न्याय सम्पादन कार्यलाई प्रभावकारी बनाउने योजना अनुसार गुनासो सुन्ने अभियान अन्तर्गत समितिले हसन्दहमा कार्यक्रम सम्पन्न गरेको छ ।

नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट सहित नगरको वडा नम्वर ५ र ६ का लागि हसन्दहमा ‘जनगुनासो सुनुवाई कार्यक्रम’ सम्पन्न गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

 

त्यस क्षेत्रका वासिन्दाले नगरको दक्षिणी तथा विकट ग्रामिण क्षेत्रका रुपमा रहेको हसन्दहलाई पनि विकासको गतिमा अघि बढाउन नगरपालिकाको विशेष भूमिका रहनु पर्ने सुझाव दिएका छन् । ज्येष्ठहरुका लागि आवश्यक रहेको अवस्थामा दाँत, आँखा लगाइदिने कार्यक्रम ल्याउनु आवश्यक हुने उनीहरुको राय छ ।

 

कार्यक्रममा, नगर उपप्रमुख वास्तोला, ५ नम्वर वडाध्यक्ष जोगवहादुर धिमाल, ६ नम्वरका कार्यवाहक अध्यक्ष जिवच्छ राई, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, नगरका कानूनी सल्लाहकार दीपक राई सहितले नगरले योजनावद्ध कामको थालनी गरेको र स्थानीयको सल्लाह, सुझाव र सहयोगमा थप प्रभावकारी वनाउँदै लगिने बताए ।


युवा समाजसेवी युवराज वास्कोटा सहितले भौतिक पूर्वाधारलाई जत्तिकै मानवसंसाधन एवम् चेतना पक्षको विकासका योजनालाई थप प्रभावकारी वनाउँदै लानुपर्नेमा जोड दिए । यस अघि समितिले वडा नम्बर ४, ७, ८ र ९ तथा वडा नम्वर २ र ३ का लागि दुई वटा कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *