पथरीशनिश्चरे नगरमा फुटसल खेलमैदान बन्दै

कात्र्तिक १४ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–३, स्थीत सिरिजंगा चौकमा फुट्सल खेलमैदान बन्ने भएको छ ।

स्थानीय खेमराज तुम्बापोले आफ्नो श्रीमती कुमारी तुम्बापोको स्मृतिमा डेढ कट्ठा जग्गा क्लबलाई दिएपछि क्लबले फुटसल प्रतियोगिता गर्ने खेलमैदान बनाउने भएको हो ।

 

करिब ५ लाख मूल्य पर्ने जग्गामा २ लाख ६० हजारको रकम खर्च गरेर क्लबले मैदान बनाउन लागेको क्लबका उपाध्यक्ष सरोज लिम्बूले बताए । खेल मैदान बनाउन स्थानीय कुबेत रहेका मनोज आङ्बुहाङले २० हजार सहयोग गरेका छन् ।

तिहार पछि विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मैदान वरीपरी इटाको दिवाल, तारजालीलगायत काम गर्ने क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *