कार्तिक १४ र १५ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल सुवाईने

कार्तिक १४ गते, काठमाडौ । सरकारले ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाने भएको छ ।

कार्तिक १४ र १५ गते आफ्नो स्वास्थ्य संस्था र महिला स्वयंसेविका रहेको स्थानमा खुवाने भएको हो । त्यसैगरी १ बर्ष देखि ५ बर्ष सम्मको बालबालिकालाई जुकाको औषधि पनि खुवाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६ देखि २३ महिनाको बालबालिकाहरुलाई सूक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि बितरण गर्दै कार्यक्रम लागु भएको जिल्लाहरुमा ५ बर्ष मुनिका बालबालिकाहरुको पोषणस्थिति थाहापाउन पाखुराको पनि नाप लिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *