चाडपर्वमा पनि समाजकै काममा आरम्भ नाट्य डबली

 

 

 

 

 

 

 

 

 

 

 

लेखकः समिर सुबेदी
अहिलेको युग २१ औं शताव्दीको युग, अहिलेका मानिसहरु आफ्नो लागी सोच्ने र समय दिन पनि सकिरहेका छैनन । तर सुन्दा अचम्म लाग्न सक्न रतुवामाई नगरपालिकामा एउटा यस्तो संस्था छ जुन संस्थामा सदस्यहरु र समाजवीच पारस्परिक एकता छ, सहकार्य छ अनि केही परिर्वतनशिल कार्य गर्ने क्षमता पनि छ । रतुवामाई नगरपालिकामा रहेको आरम्भ नाट्य डबलीले चाडँपर्वमा समाजमा गतिलो काम गर्दै आएको छ ।

विगतका दिनहरुदेखी नै सामाजिक हितका लागि कार्य गर्दै आएको यस संस्थामा सबै किसिमका मानिसहरुको सहभागिता रहेको छ । शिक्षक, विद्यार्थी, व्यापारी, पत्रकार, कलाकार आदी सबैलाई समेटेर अगाडि बढेको यो संस्थाका सदस्यहरु आफ्नै कार्यमा व्यस्त भएपनि समाजका लागि पनि समय छुट्याउन र सोच्न भ्याईरहेका हुन्छन ।

 

समाज रुपान्तरणका लागि विगतका दिनमा धेरै उदारणीय कार्यहरु गर्दै समाजमा सकारात्मक छाप छोडिसकेको यो संस्थाको कार्य गर्ने शैलि नि फरक किसिमको देखिन्छ । यो एउटा सक्रिय टिम कहिले बजारका फोहोर टिप्दै हुन्छ भने, कहिले ट्राफिक प्रहरीसंग सडकमा सवारीचालकहरुलाई जनचेतना जगाउदै गरिरेहको हुन्छ ।

त्यसैगरी स्टेजमा नाटक मञ्चन, सडकमा जनचेतनामुलक नाटक,गरिबका झुपडिमा कपडा बाड्दै, विद्यालयहरुमा न्यायो अभियान,विद्यालयलाई समेटेर साहित्यक कार्यक्रम,विविध तालिमहरुको आयोजना, विभिन्न रोगीहरुलाई सहयोग, गरिब असक्तहरुलाई सम्मान र सहयोग गर्दै आएको छ ।

यो संस्थामा एउटै उदेश्य राखेका व्यक्तिहरुको सहभागिता रहेको देखिन्छ । निश्वार्थ रुपमा समाजसेवा, सवैको मन मिलाउन सके जे काम पनि गर्न सकिन्दो रहेछ भन्ने गतिलो उदारहण आरम्भ नाट्य डबली रतुवामाईबाट सिक्न सकिन्छ । सामाजिक संजालमा पनि यसका स्टेटस पोष्ट गर्ने शैलि भिन्न किसिमका हेर्न पाइने छ । चाडवाडलाई सभ्यरुपमा मनाउनु पर्छ भन्ने सन्देश यो संस्थाले छोडिरहेको हुन्छ ।

चाडपर्वमा मानिसलाई आफ्नै घरमा के गर्ने कसो गर्ने चाड कसरी मनाउने भ्याईनभ्याई हुने गरेका छ । अझ संघसंस्थाहरु त चाडबाड लागो अब दशै पछाडी गरुला, तिहार पछाडी गरुला भनेर योजना गरिएका कार्यक्रमहरु पनि पछाडी सार्ने गरेका उदारहण तपाई हाम्रो गाउँघरमा सजिलै भेट्न सकिन्छ । तर आरम्भले अहिले सम्म गरेका कामहरु हेर्ने हो भने चाडपर्व लागो अब कसरी विकृति नियन्त्रण गर्ने समाजमा कसरी सहज वातावरण कायम गर्ने, जनचेतना कसरी प्रवाह गर्ने त्यसतर्फ ध्यान केन्द्रित रहेको हुन्छ ।

 

समाजमा नगन्य जन्मेका संघसंस्थाहरुले आरम्भको जस्तै उदेश्य राखेर सामाजिक हितका लागि कार्य गर्ने र हामीले पनि समाजका लागि केही समय खर्च गर्ने हो भने हाम्रो समाजले चाडै मुहार फेर्ने थियो भन्दा फरक नपर्ला । स्थानीय निकायले पनि यस्ता संस्थाहरुको कामको स्तरलाई हेरबिचार गरेर काम गर्ने वातावरण सहज रुपमा सृजना गरिदिने हो भने पक्कै हाम्रो समाजले गति लिने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *