मोरङको पूर्वी क्षेत्रमा सयपत्री फूलको तिहारमा अभाव नहुने

कात्र्तिक ८ गते, पथरीशनिश्चरे । तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फुल मोरङको पूर्वी क्षेत्रमा भने अभाव नहुने भएको छ ।

 

मोरङको उर्लाबारी–३, स्थीत मंगलबारेमा रहेको मदन भण्डारी स्मृती प्रष्ठिानले सयपत्री फूलको उत्पादन गरेपछि समस्या नहुने भएको हो । उर्लाबारी र पथरीशनिश्चरे क्षेत्रलाई तिहारमा मनग्ये पुग्ने गरी व्यावसायीक खेती तर्फ अहिले प्रतिष्ठान लागी परेको छ । यस बर्ष ८ कट्ठा जग्गामा सयपत्री फूलको व्यावसायीक खेती गरेका छन् । फूल अहिले हराभरा फूली रहेको छ ।

 

तीन महिना अघि २० हजार विरुवा बिराटनगरबाट ल्याएर रोपेको र ती मध्ये २ हजार बिरुवा मरेको प्रतिष्ठानका सामाजिक बिकास अधिकृत रुद्र तामाङले बताए । अहिले प्रतिष्ठानले प्रति केजी २५० रुपैयाको दरले बिक्रि गर्दै आएको छ ।

रोपेको १ बोटमा कम्तीमा २ सय फुल थुङ्गा उत्पादन हुने गरेको छ । यसको मुन्टाको कलमी गरेर बिऊको रुपमा रोप्न सकिने र पाकेको फूलको बिऊ नहुने अधिकृत तामाङ बताउँछन् । फूल उत्पादनबाट यस पटक २ खर्च कटाएर २ लाख आम्दानी हुँने प्रतिष्ठानले जनाएको छ ।

 

यसको आली जस्तो बनाएर बिचमा पानी बगाउने कुलो बनाएर त्यसको डिलमा फूल रोपेर पानी कुलोमा कुदाउनु पर्ने र सुरुमा डिएपी मलको प्रयोग पछि कुखुराको सुलीको मल र पीना बोटमा लगाउनु पर्ने प्राविधिक पक्षले जनाएको छ । यस क्षेत्रमा शंखेकीरा नभए पनि यस सयपत्री फूलको बिरुवालाई शंखेकीराबाट जोगाउनु आवश्यक रहन्छ ।

 

घरायसी प्रयोजनका लागि करेसाबारीमा लगाइने सयपत्री फूलको खेती पछिल्लो समय गाउँघरमा फूल देखिन्न छाडेका छन् । तिहार पर्व लगायत अन्य समयमा अधिक प्रयोग हुने सयपत्री फुलको व्यावसायिक खेती तराईका जिल्लामा नभए पछि बार्षिक करोडौ रूपैयाँको फूm भारतबाट आयात गर्नुपर्ने बाध्यता रहदै आएकोले थोरै क्षेत्र भएपनि व्यवसायिकता अंगाल्ने प्रयास हामीले गरेका छौँ, तामाङले भने ।

नेपालको तराई क्षेत्रमा फूलको व्यवसायीक खेती नहुँदा बार्षिक करोडौ रूपैयाँको फूल छिमेकी देश भारतबाट आयात भइरहेको छ । पुजा पर्व देखि बिभिन्न सभा, समारोहमा अहिले सयपत्री फुलको मालाको प्रयोग बढ्दो छ । सयपत्री फुलको व्यावसायिक खेती पर्याप्त नहुँदा तिहारको बेला करोडौँको फूल नेपाल भित्रीने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *