भुल्केदेवी मन्दिरबाट फुलपाती वितरण

असोज ३१ गते,पथरी । मोरङको पथरी शनिश्चरे १ स्थित धार्मिक क्षेत्र भुल्केदेवी मन्दिरबाट स्थानीयले आज फुलपाती ग्रहण गरेका छन् ।

अघिल्ला वर्षहरुमा पनि फूलपाती वितरणको कार्यक्रम भएपनि यो पटक प्रहरीले ५ तोपको सलामी समेत अर्पण गरेको मन्दिर समिति अध्यक्ष एवम् नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाए ।

नगरका विभिन्न दुर्गा मन्दिर, इलाका प्रहरी कार्यालय लगायतबाट वाजागाजा सहित सहभागि स्थानीयले त्यहाँबाट फुलपाती ग्रहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *