चुनाबमा गरेको बाचा पुरा गर्दै कानेपोखरी गाउँपालिका

असोज २८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले जनतासँग चुनाबमा गरेको बाचा क्रमश पुरा गर्दै आएका छन् । यसैक्रममा गाउँपालिकाका ७ वटै वडामा यस पटक देखि जनताको घरघरमा बृद्धा भत्त्ता र स्वास्थको सेवा दिन सुरु गरेको छ ।


गाउँपालिकाको निर्देशन अनुसार भत्त्ता बितरण गर्ने र स्वास्थ परीक्षण गर्ने वडागत आआफ्नै सुचना भएपनि वडा नं. ४, मा भने सो काम शुक्रबार देखि सुरु गरेको छ । वडाका ८५ बर्ष भन्दा माथीका बृद्धबृद्धा,असक्तलाई घरमै गएर सामाजिक सुरक्षा भत्त्ता दिर्दै उनिहरुको स्वास्थ पनि चेकजाच गरेका छन् ।

वडाध्यक्ष धनबहादुर राई,वडासदस्यहरु रोषन लामिछाने गुरुङ,शिव दुलाल, सावनी माझी र श्यामकुमारी विक, त्यसैगरी वडासचिव एतराज नेपाली,स्थानीय बुद्धिजिवि र स्वास्थकर्मीको टोलि सहित जनताको घरघरमा पुगेर दशैँको शुभकामना दिर्दै भत्त्ता बितरण गरेका थिए ।


सामाजिक सुरक्षा भत्त्ता यस अघि बैंक मार्फत वितरण गर्दै आएको थियो । बैँक मार्फत सहज नभई भत्त्ता लिन बृद्धबृदाले धेरै कष्ट खेप्नु परेको जनगुणासो आएपछि गाउँपालिकाले घरघरमा र वडाबाट बितरण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

वडा नं. ४ मा ८५ बर्ष भन्दा माथीका २६ जना छन् भने ९० बर्ष माथीका ११ जना छन् । यस अघि जेष्ठ नागरीक दिवमा वडाकार्यालयले ९० बर्ष भन्दा माथीका लाई ५सय रुपैया,दोसल्ला,फलफु र १ सय बर्ष भन्दा माथीका लाई १ हजार रुपैया,दोसल्ला,फलफुलले घरघरमा गएर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *