पञ्चायत माविमा खेलकुद सप्ताह सम्पन्न

असोज २६ गते, पथरीशनिश्चरे । विज्ञान तथा सिभिल इन्जिनियरिङका क्षेत्रमा मोरङमा उत्कृष्ठ बन्दै आएको पथरीशनिश्चरे १ स्थित पञ्चायत माविले विद्यार्थीबीच खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ ।

जस अन्तर्गत पछिल्लो पटक त्यहाँका विज्ञान र सिभिल इन्जिनियरिङका विद्यार्थीबीच भएको कविता प्रतियोगितामा स्वस्तिका पौडेल पहिलो, प्रज्ञा ढुंगाना दोस्रो र प्रज्ञान ढुंगाना तेस्रो बनेका छन् ।

बक्तृत्वकलातर्फ, रिजु भट्टराई पहिलो, प्रज्ञा ढुंगाना दोस्रो र खगिन मगर तेस्रो हुन पुगे । जसमा पत्रकार एवम् साहित्यकार भूपेन्द्र तिम्सिना र शिक्षक कुमार घिमिरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पुरुष भलिबलमा सिभिल इन्जिनियरिङबाट कक्षा ११, महिला भलिबल मा कक्षा १२, पुरुष फुटबलमा कक्षा ११ ले जित हाँसिल गरेको छ । चेसमा कक्षा ११ का समीर खड्का प्रथम भए ।

१ सय मिटर, ४ सय मिटर र १५ सय मिटरका पुरुष महिला दौडमा क्रमशः राज श्रेष्ठ, गंगा पोखरेल पहिलो, राज श्रेष्ठ र एलिसा वस्नेत पहिलो तथा साइन राई र मोनिका कार्की पहिलो भएको विद्यालय शिक्षक केशव निरौलाले जनाए ।

अतिरिक्त क्रियाकलाप अन्तर्गतको सप्ताहको शनिवार एक कार्यक्रमकाबीच पुरस्कार वितरण कार्यक्रम हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *