लेटाङ फुटवल क्लव फाईनल प्रवेश

कुमार खड्का
असोज २६ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१, स्थीत सुनाखरी क्लवको आयोजनामा जारी प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवल प्रतियोगितामा लेटाङ फुटवल क्लव विजयी हँुदै फाइनलमा प्रवेश गरेको छ ।

सुनाखरी क्लवको खेलमैदानमा भएको खेलमा बेलवारी फुटवल क्लव लाई टाईवेकरमा ४–२ गोलको अन्तरले पाखा लगाउदै लेटाङ फाइनल प्रवेश गरेको हो । निर्धारित ७० मिनेटको खेल गोलरहित वरावरीमा सकिएपछि खेलको छिनोफानो टाईवेकरले गरेको थियो ।

टाईवेकरमा लेटाङका अभिशेक लिम्वु,उमेश कार्की,उमेश राई,सुजित राईले गोल गरेका थिए । त्यसैगरी बेलवारीका तर्फवाट सुमन श्रेष्ठ,विवेक मगरले गोल गरेका थिए । विनोद अधिकारी र जिससले प्रहार गरेको बल लेटाङका गोलरक्षक अज्जित श्रेष्ठले उत्कृष्ठ बचाउ गरेका थिए ।

खेलको म्यानअफदि म्याच लेटाङका गोलरक्षक अज्जित श्रेष्ठ घोषित भए । शनिबारको खेल सुकुना फुटवल क्लव विराटचौक र पथरी स्पोर्टिङ क्लव बिच हुने आयोजकले जनाएको छ । आइतवार भने पत्रकार र आयोजकका बिचमा मैत्रिपुर्ण खेल हुने भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *