घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति

असोज २२ गते, पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे २ स्थित देवीगञ्जका छत्रपाल राईको घरमा भएको आगलागीमा ६ लाख रुपैयाँ बढीको धनमाल जलेर क्षति भएको छ ।

 

गएराती १० बजेको समयमा खोले पकाउने ठाउँमा ननिभेको आगो सल्केर घर पूर्ण रुपमा जल्न पुगेको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, ४ मन चामल, ४ मन तोरी सहितका खाद्यान्ह जलेर नष्ट भएको घरधनी छत्रपाल राईले बताउनु भयो ।

 

स्थानीयले आगो नियन्त्रणमा लिइसके पछि दमक र इटहरीको दमकल आइपुगेको थियो । आगलागीबाट एउटा बाच्छी मरेको तथा एउटा गाई र एउटा खसी घाइते भएको छ ।

 

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितका जनप्रतिनिधिहरुले सोमबार विहानै आगलागीबाट भएको क्षतिको अवस्था अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *