साना किसान कृषि सहकारीको साढे चारलाख नाफा

असोज २० गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका–६, रमाइलोमा स्थापीत साना किसान कृषि सहकारी संस्था लिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

शनिबार जनसेवा माविको प्राङ्गणमा भएको सम्पन्न साधारण सभाले संस्थालाई योगदान पुप्याएको भन्र्दै चौध जनालार्इु सम्मान तथा पुरस्कृत गरेका छन् । सम्मानित र पुरस्कृत हुनेहरुमा राइलो साकोस वित्तिय सहयोग, दानबहादुर बस्नेत,गणेश प्रसाद गुराँगाई अनुशरण सहजकर्त,इच्छा कोइराला पूर्व पदाधिकारी सम्मान,उत्कृष्ट ऋणीमा मेनुका अधिकारी रहेका छन् ।

 

त्यसैगरी भिमा लुइटेल,बुगे सोरेन, त्यसैगरी उत्कृष्ट समूह समूह नं. १६०, व्यवसायीक च्याउ खेतीमा छत्रमाया श्रेष्ठ,व्यवसायी मौरी पालनमा अमृत राई,व्यवसायी गाई पालनमा पार्वती कार्की,व्यवसायी बंगुर पालन तारा घिसिङ र उत्कृट शेयर लगानीमा रामकुमारी प्रधान रहेका छन् ।

 

संस्थाले ४ लाख ४१हजार ७१ रुपैया शुद्ध बचत गरेको छ । गत आर्थिक बर्षमा संस्थाले २ लाख १९ हजार ४सय ८ रुपैया शुद्ध बचत गरेको संस्थाकी प्रबन्धक बिमला विष्टले साधारण सभामा प्रस्तुमत गरेकी थिइन् ।

 

संस्थाले सेयर सस्यहरुको १ लाख ४५ हजारको लागतमा १सय १० वटा पशुको विमा गरेको छ । आगामी आर्थिक बर्षमा पशु संख्या २२५ वटा पुप्याउने लक्ष्य रहेको छ । संस्थाले २लाख २१ लख ६६ हजार ऋण लगानी गरेको छ ।

 

संस्थाले केदार पौडेल,धनमाया रिमाल,सविता राई,गंगा गेलाललाई २०हजार बराबरको बिउ बोका वितरण गरेको छ ।त्यसैगरी १७५ वटा समूहलाई तरकारी विउ वितरण गरेको छ । सामूहिक जमानतमा ५० हजार र मासु र दधजन्यमा ८० हजार सम्म, व्यवसायीक ऋण धितो जमानीमा ३लाख सम्म ऋण दिने आगी कार्ययोजना रहेको संस्थाकी अध्यक्ष राजमती इङ्नामले प्रस्तु प्रतिवेदनमा रहेको छ ।

 

२०७२ सालमा स्थापना भएको संस्थामा १८१ वटा समूह र ११३२ जना दसस्य रहेका छन् । प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । त्यसैगरी बिशेषअतिथि जिल्ला कृषि सहकारी संघ तथा प्रदेश नं. १ का संयोजक खगेन्द्र राज भण्डारी रहेका थिए ।अतिथिहरुमा ग्रामिण सुधार सामुदायीक वनका अध्यक्ष नविन राई, जनाएकता साकोसका लेख संयोजक कुमार फुयल,रमाइलो साकोसबाट युवराज दवाडी, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतलगाएत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *