फोहोर संकलन गर्न पथरीबजारको १४ स्थानमा लायन्स क्लबले राखे डष्टविन

असोज १७ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा स्थापीत लायन्स क्लव अफ पथरी योङ हार्टले पथरी वजारको १४ स्थानमा डष्टविन राखेका छन् ।फोहोरमैला व्यवस्थापन गर्न फोहोर मलाई लेखिएको डष्टविन नगरको बिभिन्न स्थानमा राखेको हो ।

 

मंगलबार पथरी चौकमा एक कार्यक्रमको आयोजना गरी पथरीशनिश्चरे नगरपालिकाको मेयर दिलिपकुमार राई, उपमेयर यामुना विष्ट,वडा नम्बर १ का अध्यक्ष बाबुराम एक्देनलगाएत जनप्रतिनिधिहरुको उपस्थीतमा नगरको १४ स्थानमा डष्टविन राखिएको हो ।

 

वजार क्षेत्रमा उत्पादन भईरहेको फोहोर मैलालाई व्यावस्थापन गरि सुन्दर र सफा नगरको रुपमा स्थापित गराउने उद्ेश्यका साथ नयाँ सोच राखेर नगरको सफाई गर्ने अभियानमा लागेको लायन अध्यक्ष केदार बोहोराले बताए ।

 

नगरका वडा नं. १ र २ मा पर्ने मुख्यमुुख्य चौक मन्दिर लाईन,लोकतान्त्रिक चौक,यलम्वर चौक,कौशिला सुनचादी पसल आसपास, पथरीबहुमुखी क्यामपस हाता भित्र,शिखर चौक,पशुपति,सुनाखरी,वुद्घ चौक गरि ४६ हजार रकम बराबरको जम्मा १४ स्थानमा टिनको ड्रमलाई काटेर रङरोकन गरी निर्माण गरिएको फोहोर व्यवस्थापन गर्ने डष्टविन राखिएको थियो ।

कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राईले युवाहरुको जमातमा थालिएको सामाजिक कार्ययको खुलेर प्रंससा गर्नुका साथै नगरपालिकाको तर्फवाट साथ र सहयोग दिने प्रतिबद्घता जनाए । त्यसैगरी कार्यक्रममा नगरका उप –प्रमुख यमुना विष्ट वास्तोलाले पनि कामको प्रशंसा गर्दै कामको स्वागत गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएत लायनका पदाधिकारीहरुको उपस्थितिमा नगरको लोकतान्त्रिक चौकवाट डष्टविन राख्ने कार्यक्रम सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *