कानेपोखरी–रंगेली खडकमा बस दुर्घटना, चौध जना घाइते

असोज १५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थीत कानेपोखरी–रंगेली खडक खण्ड अन्तरगत कानेपोखरी–२, स्थीत कालिस्थान चौकमा बस दुर्घटना भएको छ ।

 

कालिस्थान चौक देखि ४ सय मिटर दक्षिणमा बस अन्यत्रीत हुँदा १४ जना यात्रु घाइते भएको हो । आइतबार दिउँसो १ः३० बजे रंगेलीबाट यात्रु बोकेर कानेपोखरी तर्फ जार्दै गरेको को १ ख ३०१६ नम्बरको बस टिफर सँग ओभर टेक गर्ने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा झापा सताशी धाम नगरपालिका ४ बस्ने सोल्मा टुडु,उर्लाबारी–८,बस्ने कमला भण्डारी,कानेपोखरी–४, बस्ने कात्र्तिकलाल राजवंशी र बैशाकी रावंशी,कानेपोखरी–२, बस्ने खडक सिंह राना,भरतलाल चौधरी,दिपिका चौधरी,बसन्ती राना, र अनिता राजवंशी,झापा तोपगाछी बस्ने बंगाल मुरमु, सुन्दरहरैचा १० बस्ने हरिमाया गिरी र बुद्धीमाया गिरी रहेका छन् ।

दुर्घटना परी गम्भिर घाइते भएको कानेपोखरी –२,का गोबिन्द बहादुर खत्रीलाई बिराटनगर स्थीत लाईफ गार्ड हस्पिटल बिराटनगर रिफर गरिएको रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्कीले बताए । उनिहरुको खुट्टा भाचिएको, हात,छाती,ढाड र टाउँकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताए ।

 

 

 

घटना पच्छात रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्की र वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी रमाइलो डायग्नोष्टिक सेन्टरमा गएर घाइतेहरुको जाँचबुझ गरेका थिए ।घाइते हुने सबैजनालाई कानेपोखरी–६, स्थीत रमाइलो डायग्नोष्टिक सेन्टरमा उपचार उपचार पछि केही घर र्फके भने केही उपचार भैरहेको छ । घटना पश्चात चालक र सहचालक भने फरार रहेको प्रहरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *